Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगञ्जमा अनेरास्ववियूद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

spot_img
spot_img

बीरगञ्ज ।  नेकपा प्रचण्ड-माधव समुह निकट अनेरास्ववियू पर्साले बिहिबार वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

अनेरास्ववियूकाे केन्द्रिय सर्कुलर अनुसार ७७ वटै जिल्लामा पुतला दहनकाे कार्यक्रम अन्तर्गत वीरगञ्जमा पनि विरोध प्रदर्शन तथा पुतला दहन गरिएको हो । अनेरास्ववियू पर्साका अध्यक्ष रामबाबु यादबको अध्यक्षतामा भएको विरोध प्रदर्शन वीरगञ्जको घडिअर्वा पोखरीबाट शुरु भएर माइस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

विरोध सभामा सहभागीहरुले ‘केपी ओली मुर्दावाद, संसद विघटन गर्न पाइँदैन, संविधान विरोधी निर्णय खारेज गर’ लगायतका नारा लगाएका थिए । पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले आफैले बनाएको संविधानलाई लत्याएर गरिएको संसद विघटन निन्दनिय भएको बताए । केपी शर्मा ओली शक्तिआर्जनका निम्ती जस्तोसुकै कदम चाल्न सक्ने भएको हुँदा गणतन्त्र खतरामा पर्न सक्ने सङ्केत गर्दै उक्त जोखिमपुर्ण अवस्था आउन नदिनका लागी अनेरास्ववियू सडकमा उत्रेकाे उनीहरुकाे भनाई थियाे । 

बिराेध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य मनोज चौधरी, नेता अरबिन्द सिंह, राष्ट्रिय युवा संघका केन्द्रिय अरुण यादब, अनेरास्ववियुका केन्द्रिय सदस्यहरु प्रभावकर गुप्ता, शिवम साह, जुवेर आलम, पूर्व केन्द्रिय सदस्य इशक कुमार, अनेरास्ववियु ठाकुरराम क्याम्पस इकाई अध्यक्ष सन्दिप गुप्ता, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर, अनेरास्ववियुका नेताहरु रन्दिप श्रीवास्तव, रामबाबु मण्डल, उपेन्द्र साह, सुशिल हजरा लगायतको सहभागिता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...