Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पकहा मैनपुरमा पनि नेकपा प्रचण्ड-माधव समुहकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा नेकपा प्रचण्ड-माधव समुहको भेला बिहिबार सम्पन्न भएको छ ।

नेकपाको केन्द्रमा रहेको बिवाद र प्रधानमन्त्री केपी ओलीले सांसद विघटन गरे पछी उत्पन्न भएको बिवाद यती बेला नेकपाको सबै कमिटीमा देखा परेको छ । नेकपामा दिई समूहले छुटा छुटै आ-आफ्नो भेला गर्दै आएका छ्न् ।

भेलामा नेकपा पकहा मैनपुर गाउँपालीका समितिको ५१ सदस्य मध्ये ४१ जना सहभागि भएकाे नेकपा जिल्ला कमिटी सदस्य राकेश यादवले जानकारी दिए ।

भेलालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य छोटेलाल प्रसाद यादवले प्रधानमन्त्रीले उठाएको संसद विघटनकाे कदमअसंवैधानिक भएकाे वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता यादवले यसलाई तुरुन्त नसच्चयाए आफुहरु कडा आन्दोलन गर्ने चेतावनी दिए ।

गाउँपालीका कमिटीका अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य सुरेस मेहताकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा जिल्ला कमिटी सदस्य एवम् गाउँपालीका सचिव प्रभु नाथ लगायत नेता तथा कार्यकर्ताहरुकाे उपस्तिथि रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...