Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

डा. कुशवाहाकाे निधनले शैक्षिक क्षेत्रमा अपूर्णिय क्षति : मुख्यमन्त्री राउत

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

५२ वर्षको उमेरमा गए राति निधन भएको डा. कुशवाहा संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।

कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्नु हुूँदै मुख्यमन्त्री राउतले उहाँहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताउनु भयो ।

उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद, ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा, पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...