Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

नेकपा ओली समुह निकट अनेरास्ववियूकाे जिल्ला भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा ओली समुह निकट अनेरास्ववियु पर्साकाे जिल्ला भेला बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

होटल कुमु प्यालेशमा भएकाे भेलालाई सम्बोधन गर्दै नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले देशको जिम्मेवारी अखिलकाे काँधमा थपिएको बताए । उनले देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन बिद्यार्थीको भुमिका अहम भएकोले सवै बिद्यार्थीहरुलाई एकजुट हुन आग्रह गरे ।

संबिधान सभा सदस्य एवम् केन्द्रिय सदस्य राजकुमार गुप्ताले बिद्यार्थी देशको कर्णधार भएकोले बिद्यार्थीहरुलाई संगठित हुन अनुरोध गरे । उनले बिद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई बिस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न बिद्यार्थीहरुलाई आग्रह गरे ।

अनेरास्ववियुकाे केन्द्रिय सदस्य सागिर अंसारीको अध्यक्षतामा भएकाे भेलाले महमद रेयाज अंसारीको संयोजकत्वामा १४१ सदस्यीय कमिटी गठन गरेको छ । नव गठित कमिटीको सहसंयोजकमा अजित गुप्ता रहेका छन । ५५ यथावत र ८५ थप गरी १४१ सदस्यिय कमिटी बिस्तार गरिएको नेकपा जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिए ।

नवनिर्वाचित पदधिकारीहरुको शपथ ग्रहण अनेरास्ववियुका स्थायी कमिट सदस्य अनिश कर्ण गराएका थिए । 

कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुमन चौहान, छिपहरमाई गाँउपालिका अध्यक्षमनोज गुप्ता, युवा पराग सिंह, अभिात बचन दास, संतोष पासवान, , यशवन्त यादव ,बिकाश रौनियार लगायतको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अजित साहले गरेका थिए भने सहजीकरण हेमन्त तमागंले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...