Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

नेकपा ओली समुह निकट अनेरास्ववियूकाे जिल्ला भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा ओली समुह निकट अनेरास्ववियु पर्साकाे जिल्ला भेला बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

होटल कुमु प्यालेशमा भएकाे भेलालाई सम्बोधन गर्दै नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले देशको जिम्मेवारी अखिलकाे काँधमा थपिएको बताए । उनले देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन बिद्यार्थीको भुमिका अहम भएकोले सवै बिद्यार्थीहरुलाई एकजुट हुन आग्रह गरे ।

संबिधान सभा सदस्य एवम् केन्द्रिय सदस्य राजकुमार गुप्ताले बिद्यार्थी देशको कर्णधार भएकोले बिद्यार्थीहरुलाई संगठित हुन अनुरोध गरे । उनले बिद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई बिस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न बिद्यार्थीहरुलाई आग्रह गरे ।

अनेरास्ववियुकाे केन्द्रिय सदस्य सागिर अंसारीको अध्यक्षतामा भएकाे भेलाले महमद रेयाज अंसारीको संयोजकत्वामा १४१ सदस्यीय कमिटी गठन गरेको छ । नव गठित कमिटीको सहसंयोजकमा अजित गुप्ता रहेका छन । ५५ यथावत र ८५ थप गरी १४१ सदस्यिय कमिटी बिस्तार गरिएको नेकपा जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिए ।

नवनिर्वाचित पदधिकारीहरुको शपथ ग्रहण अनेरास्ववियुका स्थायी कमिट सदस्य अनिश कर्ण गराएका थिए । 

कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुमन चौहान, छिपहरमाई गाँउपालिका अध्यक्षमनोज गुप्ता, युवा पराग सिंह, अभिात बचन दास, संतोष पासवान, , यशवन्त यादव ,बिकाश रौनियार लगायतको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अजित साहले गरेका थिए भने सहजीकरण हेमन्त तमागंले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...