Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे निर्णय विभागले मानेन, म्याद थप गर्न दियाे निर्देशन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पर्साकाे कालिकामाई गाउँपालिकाकाे निर्णय मान्न अस्विकार गरेकाे छ ।

गाउँपालिकाकाे सेवा इकाईमा कार्यरत रहेका एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करार म्याद थप गर्न नसकिने गाउँपालिकाले गराएकाे जानकारी विभागले मान्न अस्विकार गरेकाे हाे ।

समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाकाे लागि गाउँपालिकाकाे सेवा इकाईमा सेवा करारमा नियुक्त भएका एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करारकाे म्याद थप गर्न नसकिने भन्ने व्यहाेरा च.नं. ५११ भएकाे मिति २०७७/९/१४ गतेकाे पत्र मार्फत विभागलाई अवगत भएकाे जनाउदै त्यस्ताे गर्न नमिल्ने जवाफ पठाएकाे छ ।

विभागले गाउँपालिकालाई च.नं. १३६४ भएकाे मिति २०७७/०९/२० गतेकाे पत्र मार्फत आयाेजनाकाे अवधि बाँकी रहेकाे र अनुभव भएका कर्मचारीकाे आवश्यकता आयाेजनालाई अझै विद्यमान रहेकाे हुदाँ ति दुबै कर्मचारीहरुकाे म्याद थप गरी कार्य गराउन उपयुक्त भएकाेले साेही मापदण्डकाे बुँदा नं. १६ बमाेजिम आयाेजना अवधिभरकाे लागि एकपटकमा बढीमा एक बर्ष अवधि कायम गर्ने गरी सेवा करार सम्झाैताकाे म्याद थप गर्न अनुराेध समेत गरेकाे छ ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतद्वारा हस्ताक्षरित पत्र जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि वाेद्धार्थ गरिएकाे छ ।

सेवा इकाइकाे लागि जनशक्ति छनाैट सम्बन्धी मापदण्ड २०७६ काे बुँदा नं. १८ काे १ (क) र (ख) अनुसार न्यूनतम ७५ प्रतिशत कासमु अंक नल्याएकाे र जानकारी बिना लगातार ७ दिन कार्यालयमा अनुपस्थित रहेकाे, बुँदा नं‍. १८ (३) अनुसार हटाउनु अघि सफाइ पेश गर्ने माैका दिनु पर्ने, बुंदा नं. १७ बमाेजिम कर्मचारीले गरेकाे कामकाे सूचगत कार्य सम्पादन मुल्यांकन प्रतिवेदन चाैमासिक अवधि सकिएकाे १५ दिन भित्र विभागमा पठाउनु पर्ने जस्ता अवस्था पुरा भएमा विभागकाे स्वीकृति लिएर मात्र प्रमुख प्रशासकीय अधिकृतले करार रद्द गरी सेवा करारमा कर्मचारीलाई पदबाट हटाउन सक्ने व्यवस्था रहेकाे छ ।

तर गाउँपालिकाबाट एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे कार्य कासस पठाउनु पर्ने व्यवस्था अनुसार यस विभागमा प्राप्त नभएकाे र माथि उल्लेखित अन्य शर्त पुरा गरि विभागकाे स्वीकृति लिएर म्याद थप नगर्ने सम्बन्धी कारवाही गर्नु पर्नेमा त्यसाे नभएकाे विभागले जनाएकाे छ ।  

यस बारे बुझ्न प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...