Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगर प्रमुख सरावगीको निःशुल्क आँखा शिविर अभियान जारी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

अभियान अन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–६ चैनपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेशन (शल्यक्रिया ) नगरप्रमुख सरावगीको सहयोगमा हुने उहाँको सचिवालयले जनाएको छ ।

वीररगंज महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको शिविरमा जनता समाजबादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव सहित स्थानीय नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो । यसैबीच वीरगन्ज महानगरपालिकाका भित्र निःशुल्क आँखा परीक्षणका लागि महानगरपालिकाले माट्रिका आई फाउण्डेशनलाई औषधि समेत उपलब्ध गराएको छ ।

महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरका स्वास्थ्य महाशाखाका अहेब जाहिर आलम मार्फन एकहजार पाँचसय ५३ फाईल आँखामा लाउने औषधि उपलब्ध गराएको माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...