Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महानगर प्रमुख सरावगीको निःशुल्क आँखा शिविर अभियान जारी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

अभियान अन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–६ चैनपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुको आँखाको निःशुल्क अप्रेशन (शल्यक्रिया ) नगरप्रमुख सरावगीको सहयोगमा हुने उहाँको सचिवालयले जनाएको छ ।

वीररगंज महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको शिविरमा जनता समाजबादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव सहित स्थानीय नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो । यसैबीच वीरगन्ज महानगरपालिकाका भित्र निःशुल्क आँखा परीक्षणका लागि महानगरपालिकाले माट्रिका आई फाउण्डेशनलाई औषधि समेत उपलब्ध गराएको छ ।

महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरका स्वास्थ्य महाशाखाका अहेब जाहिर आलम मार्फन एकहजार पाँचसय ५३ फाईल आँखामा लाउने औषधि उपलब्ध गराएको माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...