Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नेकपा ओली समूह पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समुहको पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा होटल कुमु प्यालेसमा बसकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख महिनामा संसदीय चुनावको घोषणा गर्नुभएकोले त्यसको परिणाम आफ्नो पक्षमा पार्नको लागि सम्भाब्य सबै उपाएको अवलम्बन गर्ने निर्णय गरेको छ ।

यसैगरि आजको बैठकले १४ वटै स्थानीय तहमा यसै महिनाको अन्त्य सम्म इलाका स्तरिय भेलाको आयोजना गर्ने र कमिटी निर्माण परिचालन तथा सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले पार्टीको गतिबिधिलाई प्रभावकारी बनाउनको लागि बिभिन्न जिम्मेवारी समेत तोकेको कुरा जिल्ला कमिटीका सदस्य संजिव मिश्राले जनाएका छन् ।

बैठकमा बाेल्दै जिल्ला कमिटीका अध्यक्ष प्रभु हजराले अब सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने र कसैमाथि पनि अन्याय हुन नदिइने बताए ।

बैठकका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य राजकुमार गुप्ताले समृद्ध नेपाल र सुखि नेपालीको सरकारको आकांक्षा पुरा गर्दै निर्बाचनमा पर्साका सबै क्षेत्रमा आफ्नो उम्मेदवारलाई निर्बाचित गर्ने अभियानमा सबै लाग्न निर्देशन दिए ।

बैठकमा केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, डाक्टर बिश्वम्भार कुमार शर्मा, प्रधुमन चौहान, बसुरुद्दिन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषाध, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

आजै बसेको महानगरका अगूवाहरुको बैठकले महानगरमा पार्टी गतिबिधीलाई अघि बढाउने निर्णय समेत गरेको जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...