Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नेकपा ओली समूह पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समुहको पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा होटल कुमु प्यालेसमा बसकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख महिनामा संसदीय चुनावको घोषणा गर्नुभएकोले त्यसको परिणाम आफ्नो पक्षमा पार्नको लागि सम्भाब्य सबै उपाएको अवलम्बन गर्ने निर्णय गरेको छ ।

यसैगरि आजको बैठकले १४ वटै स्थानीय तहमा यसै महिनाको अन्त्य सम्म इलाका स्तरिय भेलाको आयोजना गर्ने र कमिटी निर्माण परिचालन तथा सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले पार्टीको गतिबिधिलाई प्रभावकारी बनाउनको लागि बिभिन्न जिम्मेवारी समेत तोकेको कुरा जिल्ला कमिटीका सदस्य संजिव मिश्राले जनाएका छन् ।

बैठकमा बाेल्दै जिल्ला कमिटीका अध्यक्ष प्रभु हजराले अब सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने र कसैमाथि पनि अन्याय हुन नदिइने बताए ।

बैठकका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य राजकुमार गुप्ताले समृद्ध नेपाल र सुखि नेपालीको सरकारको आकांक्षा पुरा गर्दै निर्बाचनमा पर्साका सबै क्षेत्रमा आफ्नो उम्मेदवारलाई निर्बाचित गर्ने अभियानमा सबै लाग्न निर्देशन दिए ।

बैठकमा केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, डाक्टर बिश्वम्भार कुमार शर्मा, प्रधुमन चौहान, बसुरुद्दिन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषाध, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

आजै बसेको महानगरका अगूवाहरुको बैठकले महानगरमा पार्टी गतिबिधीलाई अघि बढाउने निर्णय समेत गरेको जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...