Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेपाली कांग्रेस कालिकामाईकाे अगुवा कार्यकर्ता बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे अगुवा कार्यकर्ता बैठक साेमबार सम्पन्न भएकाे छ ।

बैठकले गाउँपालिका अन्तर्गतकाे वडा नं. १ देखी ५ सम्मकाे क्रियाशिल सदस्यता नविकरण पुस २५ गते भित्र गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मीलाई बुझाउन, वडा नं. ३, ४ र ५ मा नेवि संघकाे समिति माघ ३ गते भित्र गठन गर्न राजेश कुशवाहा, आकाश चाैरसिया, प्रिन्स शर्मा, ओमप्रकाश गिरी, चन्देश साह, सुजित चाैरसियालाई जिम्मेवारी दिने र पार्टीकाे केन्द्रिय सरकुलर अनुसार प्रदेश निर्वाचन क्षेत्र नं. ४ काे (ख) काे कालिकामाई गाउँपालिका वडा नं. १ काे मुडलीमा विराेध सभा गर्ने निर्णय गरेकाे छ ।

गाउँपालिका संयाेजक राजिन्द्र प्रसाद कुर्मीकाे अध्यक्षता र महासमिति सदस्य बशिष्ठनारायण कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला सदस्य पंचानन्द मिश्रा लगायत गाउँपालिका अन्तर्गतकाे प्रत्येक वडाका अगुवा कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...