Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जसपा पर्साद्वारा पार्टीबाट निर्वाचित जनप्रतिधीसंग अन्तरक्रिया

spot_img
spot_img
 
वीरगंज । जनता समाजबादी पार्टी (जसपा) पर्साले आफनो पार्टीबाट निर्वाचित जनप्रतिधीहरुसंग आय वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
 
वीरगंज रानघिाटस्थित श्रीराम जानकी मन्दिर परिसरमा भएकाे कार्यक्रममा पार्टीबाट निर्बाचित पर्साका विभिन्न स्थानीय तहका वडा सदस्यदेखि प्रमुखसम्मको उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा संसद विघटनकाे बिरोधमा अगामी २७ गते वीरगञ्जमा हुने जनप्रदर्शन लगायत पार्टीका निती कार्यक्रमको बारेमा बृहत समन्वयको समबन्धमा उपस्थित जनप्रतिनधीहरुलाई प्रदेश साँसद एवम् जसपाका केन्द्रिय सदस्य प्रहलाह गिरीले प्रशिक्षण दिएका थिए ।
 
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष रामनरेश यादवले सबै जनालाई एकबद्ध भई अगामी २७ गतेको आन्दोलनको लागि तयार रहन निर्देशन दिएको जिल्ला सचिव तबरेज अहम्दले जानकारी दिए ।
 
जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षा र वीरगञ्ज महानगरपालिकाका मेयर एवम् जसपा केन्द्रिय परिषद सदस्य बिजय सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन, पकहा मैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरसिया, बिन्दबासिनी गाउँपालिकाका प्रमुख श्री लाल साह, सखुवा प्रसौनीका प्रमुख प्रदिप जैसवाल, उप प्रमुख फुलमती देबी थरुनी, जगरनाथपुर गाउपालिकाकी उपप्रमुख बिस्मिल्लाह खातुन लगायतका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
 
कार्यक्रमको सहजीकरण जसपाका अर्का सचिव राजेश साहले गरेका थिए भने कार्यक्रमकाे बिषय बस्तुको बारेमा सचिव तबरेज अहम्दले प्रष्ट पारेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...