Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पालिका स्तरिय क्रिकेट टुर्नामेन्टकाे उपाधी आयाेजक पाेखरियालाई

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा जारी टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे आइतबार दाेस्राे पटक भएकाे फाइनल खेलमा आयाेजक पाेखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम नै विजयी भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगितामा कालिकामाई गाउँपालिकालाई हराउदै पाेखरिया नगरपालिका विजयी भएकाे हाे ।

ट्च जितेर ब्याटिङ राेजेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा १८६ रन बनाएकाे थियाे । त्यसपछि १८७ रनकाे लक्ष्यकाे साथ जवाफी ब्याटिङमा उत्रेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा ११० रन मै समेटिए पछि पाेखरिया विजयी भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ८८ रन बनाएका पाेखरियाका नितेश चाैधरी घाेषित भएका थिए ।

पाेखरियास्थित शेरा फिल्डमा भएकाे प्रतियाेगिताकाे म्यान अफ द सिरिज ९ विकेट लिएका र २३२ रन बनाएका पाेखरिया कै विकास दास भएका थिए ।

प्रतियाेगिताका विजेता पाेखरिया नगरपालिकाका क्रिकेट टिमलाई मेयर दिपनारायण राैनियारले पुरस्कार राशी रु ८१ हजारकाे चेक र टफीले पुरस्कृत गरेका थिए ।

पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रतियाेगिताका उप विजेता कालिकामाईका गाउँपालिकाका क्रिकेट टिमलाई जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले पुरस्कार राशी रु ४१ हजारकाे चेक र टफीले पुरस्कृत गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...