Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरियामा जारी टुर्नामेन्टकाे फाइनल खेल विवाद भएपछि रद्द, पुन: आइतबार हुने

spot_img
spot_img

वीरगंज । पाेखरियामा जारी पालिका स्तरिय टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे शनिबार भएकाे फाइनल खेल विवादका कारण रद्द भएकाे छ ।

पाेखरिया नगरपालिका र कालिकामाई गाउँपालिका बिच भएकाे फाइनल खेल अंध्याराे भएपछि रद्द भएकाे आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए । भाेली आइतबार विहान ११ बजेदेखी पुन: खेल हुने उनले जानकारी दिए । 

पाेखरिया पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १७६ रन बनाएकाे थियाे । सुरुमा १७७ रनकाे लक्ष्यकाे साथ जवाफी ब्याटिङमा उत्रेकाे कालिकामाईले ४ ओभर मै ५ विकेटकाे नाेक्सानीमा मात्र २० रन बनाएपछि कालिकामाईकाे क्याप्टनले बललाई देख्दा बलमा प्वाल भेटिएपछि खेल राेकिएकाे थियाे ।

केही बेरपछि पुन: अर्काे बलले खेल हुने सहमती भएपछि कालिकामाईले ब्याटिङ गर्न थालेपछि १८ ओभरमा ६ विकेटकाे नाेक्सानीमा १४७ रन बनाउन सफल भएकाे थियाे । साेही क्रममा कालिकामाईकाे ब्याटस् म्यानले हानेकाे बल इम्पाएरले छक्का दिएपनि छक्का नरहेकाे भन्दै विवाद भएकाे थियाे ।

विवाद उग्ररुप लिदा पाेखरिया र कालिकाईका समर्थक बिच तनाव समेत भएकाे थियाे । खेलस्थलमा इलाका प्रहरी कार्यालय पाेखरियाकाे प्रहरी टाेली रहेपनि तनावलाई झडपमा परिणत हुन नदिन जिल्लाबाट थप प्रहरी मगाउनु परेकाे थियाे ।

खेलमा पाेखिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, उप मेयर सलमा खातनु, विभिन्न वडाका वडाध्यक्षहरु, जनता समाजवादीका नेता नेजामुद्दिन सम्मानी, कालिकामाईका नेपाली कांग्रेसका अजय पटेल, संजय साह, सिकेन्द्र देवान, पत्रकार छठु साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।   

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा भइरहेकाे प्रतियाेगिताकाे बिजेताले  रु ८१ हजार र उप विजेताले रु ४१ हजार पुरस्कार पाउने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...