Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

spot_img
spot_img

वीरगंज । बहुदरमाई नगरपालिकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण, राेकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीकाे भुमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

नगरपालिकाकाे वडा नं. २ पिपरास्थित बहुदरमाई मन्दिर प्राङ्णमा भएकाे कार्यक्रममा काेराेना महामारी राेकथाम तथा नियन्त्रणकाे लागि खटिने स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी र आइसाेलेसन स्थापना भएका विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएकाे नगरपालिकाका लेखापाल हरि राउत कुर्मीले वताए ।

कार्यक्रमका प्रमुख अतिथी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले काेराेना महामारीमा उच्च मनोबलका साथ जनताको जिवधनमा रक्षा गर्ने सबै जना एक सच्चा सिपाहि र देश भक्त रहेकोे बताए । उनले कारोना कहरमा बहुदरमाई नगरपालिकाले देखाएको भुमिकाको प्रसंसा गर्दै बहुदरमाई नगरपालिकाबाट सबैले अनुसरण गर्नु पर्ने बताए ।

कार्यक्रमको बिशिष्ठ अतिथि वडा नं. ०२ का वडाध्यक्ष जितेन्द्र पटेलले आफ्नो नगरपालिकामा स्वास्थ्यकर्मीले आफनो ज्यानको बाजी थापि गरेको कामको प्रसंसा गरे । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दा आफुलाई गर्भभान्वीक महसुस भएकाे वताए । 

काेभिड महामारीकाे समयमा फ्रन्टलाइनमा खटिने नगरपालिकाकाे ७ वटा स्वास्थ्य केन्द्रका ६२ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएकाे थियाे ।

यस्तै, काेभिड १९ राेकथाम तथा नियन्त्रणकाे लागि खटिने नगरपालिकाका कर्मचारी र आइसाेलेसन सेन्टर स्थापना रहेकाे विद्यालयका प्रअहरुलाई समेत सम्मानित गरिएकाे लेखापाल कुर्मीले जानकारी दिए । 

कार्यक्रम मै कोरोना कालमा आयुवेर्दिक औषधीले निकै राम्रो भुमिका खेलेको तथा सो औषधीले आईसोलेसनमा रहेकाहरुका लागि निशुल्क प्रदान गरि सहयोग गर्ने बैध निरक्षक धिरेन्द्र सिंहलाईसमेत सम्मान गरिएको थियाे ।

प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेत, लेखा अधिकृत उपेन्द्र साह, श्री नेरा आधारभुत विद्यालय पिपराका प्रअ विजय साह लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...