Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगंजमा इ-रिक्साकाे संख्यामा वृद्धि हुदा सडक जामकाे समस्या

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ ।

यसका साथै, सिट क्षमता भन्दा बढी यात्रु बसाउने, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् ।

जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।

वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या हुने गरेको छ ।

वीरगन्ज महानगरलाई ई–रिक्साले अस्तव्यस्त बनाएको चौतर्फी रुपमा दबाब आउन थालेपछि विगत दुई वर्षअघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो । तर, उक्त कार्य कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगन्जमा ई–रिक्साहरुको विगविगी बढेको हो ।

नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढी ई–रिक्साहरु सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ ।

विगतमा वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वी.म.न.पा. र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरी ४ सय ५० ई–रिक्सा भित्र्याउने सहमति भएको थियो ।

तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ४ हजारदेखि ५ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु सञ्चालनमा छन् । वीरगन्ज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई–रिक्साहरु मात्रै दर्ता भएका छन्, भने ९० प्रतिशत भन्दा बढी ई–रिक्साहरु मापदण्ड विपरीत सञ्चालनमा छन् ।

यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरी लाइसेन्सको फारम समेत भरेका छैनन् । यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।

विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्डभित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा सञ्चालित ई–रिक्साहरुलाई मापदण्डभित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ, तर कसैले पनि रुटको पालना गरेको पाइएको छैन ।

अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा सञ्चालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाइ छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् ।

वीरगन्ज बजारमा मात्रै आवतजावत गर्नका लागि उपभोक्तासँगै कसैले १० रुपैया लिने गरेको छ भने कसैले २०, ३० रुपैयासम्म लिने गरेका छन् । महानगरपालिको ई–रिक्सा व्यवस्थापनको लागि मापदण्ड बनाउन कुनै गृहकार्य नै गर्न सकेको छैन ।

यस्तै, ग्रामिण भेगकाे विभिन्न गाउँहरुबाट सयाैंकाे संख्यामा आउने इ-रिक्साहरुले पनि वीरगंजमा इ-रिक्साकाे संख्यामा वृद्धि भएकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...