Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

तराई अस्पतालको लापरवाहीले सर्राफकाे मृत्यु, छानविन अगाडी बढ्याे

spot_img
spot_img

वीरगन्ज । तराई अस्पताल वीरगंजकाे लापरवाहीले एक बिरामीकाे मृत्यु भएकाे आराेप लागेकाे छ । वीरगंजको लक्षमुमनावस्थित रहेको तराई अस्पतालका चिकित्सकको लापरवाहीका कारण बिहीबार वीरगन्ज–१६ नगवा निवासी ४० वर्षीय अजय सर्राफको मृत्यु भएकाे उनकाे परिवाजनले आराेप लगाएका छन् ।

सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका सर्राफको चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको उनीहरुकाे भनाई छ । ग्यासको पीडा सहन नसकेर एका विहानै ना २० प ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधि चलाएको कारण एक घण्टा नवित्दै मृतकका छोरा उत्तम सर्राफले वताए ।

मृतक अजय सर्राफका आफन्त अरबिन्द कुमार सर्राफले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधिले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको भनाइ छ ।

ग्यास्ट्रिटको औषधि चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधिहरु धमाधम लगाउने गरेको कारण औषधि रिएक्सन भएर मृत्यु भएको उनले दाबी गरे ।

एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ डाक्टर हुनुपर्ने ठाउँमा कम्पाउण्डर रहेको र तिनले नै डा. सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधि लेखेर किन्न लगाइरहेको अवस्थामा आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधि किन दिनुप¥यो ? भनेर सोध्दा उल्टै बढी बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिएको भन्दै आफन्त अरविन्दले यहाँ उपचारको नाममा मान्छे मार्ने काम भइरहेको आराेप लगाए ।

विरामीलाई दिनुपर्ने औषधि नदिएर धमाधम बढी मात्रामा औषधि चलाएको कारण रक्तचाप (ब्लड प्रेसर) उच्च भई मृत्यु भएको उनको दाबी छ ।

यता विरामीको उपचारमा खटिएका डा सुजित कुमार साहले ति विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका सर्राफलाई औषधि दिए पश्चात अचानक उनको रक्तचाप (ब्लड प्रेसर) उच्च भई ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने बताए ।

विरामीको जीउमा अल्कोहलको मात्रा बढी भएको, ग्यास्टिकको समस्याले भयावहस्थिति लिन थालेपछि उनले भोमिटिङ्ग गर्दागर्दै उनको फोक्सोमा भोमिटिङ्ग पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।

सर्राफको मृत्यु भएसँगै आफन्तजनहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थालेपश्चात तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको अस्पताल पुगेको थियो ।

यस विषयमा पीडित पक्षले उजुरी दिए आवश्यक छानविन हुने प्रनि साहले वताए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरिक्षक साहले जानकारी गराए ।

यता पिडित पक्षले बिहिबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा घटना सम्बन्धमा छानविनकाे माग गर्दै उजरी दर्ता गराएका छन् । त्यसपछि साेही दिन जिल्ला प्रशासन कार्यालयले छानविनकाे लागि नारायणी अस्पताललाई पत्रचारसमेत गरेकाे छ । आज नारायणी अस्पतालले चिकित्सकहरुकाे एक टाेली गठन गरि छानविन अघि बढाउने जनाएकाे छ ।

मृतक सर्राफको बिहीबार नै नारायाणी अस्पतलमा पोस्टमार्टम भएपछि सोही दि सांझ दाहसंस्कारसमेत गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...