Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईबासीलाई नि:शुल्क रक्त उपलब्ध गराइदिन अग्रिम भुक्तानी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका बासीहरुलाई नि:शुल्क रक्त उपलब्ध गराउन नगरपालिकाले साे वापतकाे रकम भुक्तानी गरेकाे छ ।

नगरपालिकाका मेयर नितेन्द्र साहले बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर साहले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा शाखाका अध्यक्ष बिरेन्द्र राज कडेललाई हस्तान्तरण गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

साे अवसरमा नेपाल रेडक्रस साेसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम मियाँ लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।     

केही समय पहिला रेडक्रस उपशाखा रामनगरीकाे एक कार्यक्रममा मेयर साहले नगरवासीहरुलाई निशुल्क रक्त उपलब्ध गराउने घाेषणा गरे अनुसार आज साे वापतकाे भुक्तानीकाे चेक हस्तान्तरण गरेकाे नेवि संघका नेता राेशन सिंहले वताए ।

नगरपालिकाकाले रक्त वापतकाे लाग्ने शुल्क वापतकाे रकम उपलब्ध गराएकाे बताउदै नगरवासीलाई आजै देखी निशुल्क रक्त उपलब्ध गराइने नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए । एक पाेक्ता रक्त उपलब्ध गराए वापत लाग्ने शुल्क रु एक हजार ५० काे दर नगरपालिकाले नै उपलब्ध गराउने भएपछि हामी निशुल्क उपलब्ध गराउने उनले जनाए ।    

यस्तै, नगरपालिकाले विपद व्यवस्थापन काेषबाट रेडक्रस उपशाखा रामनगरी, गम्हरिया र बिश्रापुरलाई पनि रु ५० हजारकाे दरले उपलब्ध गराउन लागेकाे लेखापाल उपेन्द्र साहले वताए । नगरपालिका अन्तर्गतकाे ३ वटै रेडक्रसकाे उपशाखाहरुलाई अनुदान वापत विपद काेषकाे लागि उपलब्ध गराइने रु एक लाख पचार हजारकाे चेक काटी सकेकाे उनले जानरकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...