Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बहुदरमाईबासीलाई नि:शुल्क रक्त उपलब्ध गराइदिन अग्रिम भुक्तानी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका बासीहरुलाई नि:शुल्क रक्त उपलब्ध गराउन नगरपालिकाले साे वापतकाे रकम भुक्तानी गरेकाे छ ।

नगरपालिकाका मेयर नितेन्द्र साहले बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर साहले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा शाखाका अध्यक्ष बिरेन्द्र राज कडेललाई हस्तान्तरण गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

साे अवसरमा नेपाल रेडक्रस साेसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम मियाँ लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।     

केही समय पहिला रेडक्रस उपशाखा रामनगरीकाे एक कार्यक्रममा मेयर साहले नगरवासीहरुलाई निशुल्क रक्त उपलब्ध गराउने घाेषणा गरे अनुसार आज साे वापतकाे भुक्तानीकाे चेक हस्तान्तरण गरेकाे नेवि संघका नेता राेशन सिंहले वताए ।

नगरपालिकाकाले रक्त वापतकाे लाग्ने शुल्क वापतकाे रकम उपलब्ध गराएकाे बताउदै नगरवासीलाई आजै देखी निशुल्क रक्त उपलब्ध गराइने नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए । एक पाेक्ता रक्त उपलब्ध गराए वापत लाग्ने शुल्क रु एक हजार ५० काे दर नगरपालिकाले नै उपलब्ध गराउने भएपछि हामी निशुल्क उपलब्ध गराउने उनले जनाए ।    

यस्तै, नगरपालिकाले विपद व्यवस्थापन काेषबाट रेडक्रस उपशाखा रामनगरी, गम्हरिया र बिश्रापुरलाई पनि रु ५० हजारकाे दरले उपलब्ध गराउन लागेकाे लेखापाल उपेन्द्र साहले वताए । नगरपालिका अन्तर्गतकाे ३ वटै रेडक्रसकाे उपशाखाहरुलाई अनुदान वापत विपद काेषकाे लागि उपलब्ध गराइने रु एक लाख पचार हजारकाे चेक काटी सकेकाे उनले जानरकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...