Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगन्ज महानगरको लालपर्सामा चार किलोमिटर बाँध निर्माण

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपार्सा चार किलोमिटर बाँध निर्माण गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० को प्रसोतिपुरमा भेडाहा खोलाको बाढीले कटान गरेर बर्सेनि खेतमा लगाएको बाली क्षति गर्ने गरेको थियो ।

बाढी प्रभावित क्षेत्र र नदिले कटान गरेर क्षति पु¥याएपछि स्थानीयको आग्रहमा नगरप्रमुख बिजय कुमार सरावगीले नगरस्तरीय बजेटबाट करिब चार (४) किलो मिटर बाँधको निर्माण गराउनु भएको हो ।

निर्माण गरिएको बाँधको सोमबार महानगर प्रमुख सरावगी सहितको टोलीले स्थलगत निरिक्षण गरेका छन् । सोमबार बिहानै नगरप्रमुख सरावगी, योजना माहाशाखा प्रमुख सुमन श्रेष्ठ, ईन्जिनियर तथा प्राविधिक लागायतका टोलीले स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...