Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा नेकपाकाे प्रदर्शन, ओली संविधानका बलात्कारी हुन् : नेता चाैधरी

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले मंगलबार वीरगंजमा प्रदर्शन गरेकाे छ ।

वीरगंजकाे घण्टाघरबाट सुरु भएकाे बिराेेध प्रदर्शनमा प्रतिनिधि सभा विघटन असंवैधानिक कदमका विरुद्ध संघर्ष गराैं, प्रतिगामी षड्यन्त्र असफल पाराैं, प्रतिगामी षड्यन्त्र मूर्दावाद, राष्ट्रिय सार्वभाैमिकता, स्वाधीनता र हितकाे रक्षा गराैं, संघिय लाेकतान्त्रिक गणतन्त्र जिन्दावाद, पार्टी एकता जिन्दावाद, नेकपा जिन्दावाद, केपी ओली तेराे पाराले दु:ख पायाे साराले लगायतकाे चक्राे नाराबाजी गरिएकाे थियाे ।

बिराेध प्रदर्शन माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया मठ, घडिअर्वा हुदै पुन घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नेकपा केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का सह इन्चार्ज नागेन्द्र चाैधरीले सब भन्दा ठूलाे अपराध केपी शर्मा ओलीले गरेकाे वताए । उनले भने “संविधान सभाबाट बनेकाे संविधानमाथी बलात्कार भएकाे छ, जनताकाे मानव अधिकारमाथी बलात्कार भएकाे छ, संघिय लाेकतान्त्रिक गणतन्त्रमाथी बलात्कार भएकाे छ । याे बलात्कार कसले गरेकाे छ ? याे बलात्कारी प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।”

उनले सबै जनताकाे अधिकारमाथी बलात्कार गर्ने केपी ओलीकाे मतियार काे हुन प्रश्न गर्दै नेपाली जनताकाे सन्तान जुन आज सर्वाेच पदमा बसेकी राष्ट्रपति विद्या देवी भण्डारी भएकाे वताए ।

जनताकाे जनअधिकार बलात्कार गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीकाे जति गुनासाे गरे पनि पुरा नहुने वताउदै नेता चाैधरी सब सम्म संसद पुर्नस्थापन नभए सम्म आन्दाेलन जारी रहने वताए ।

अर्का केन्द्रिय सदस्य उर्मिला अर्यालले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीकाे पकेट मनी भएकाे वताइन । उनले प्रधानमन्त्री ओलीले गरेकाे असंवैधानिक संसद विघटन कसैसंग सल्लाह नै नगरी स्विकृत गरी पकेट मनीकाे परिचय दिएकाे वताइन ।

संसद पुर्नस्थापन नभए सम्म आन्दाेलन जारी रहने वताउदै नेतृ अर्यालले सर्वाेच अदालतले पनी कुनै गडबडी गरे त्याे पनि स्विकार नहुने वताइन । संविधानकाे विपरित सर्वाेचले निर्णय गरे सर्वाेचका मुख्य न्याधिशलाई पनि आफुहरु नछाेड्ने उनी चेतावनी समेत दिइन ।

विराेध कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य दिनेश राई, प्रतिनिधि सभा सदस्य शेख चाँद तारा, प्रदेश सदस्य छाेटेलाल यादव, किशाेरी कुशवाहा, बालगाेपाल थापा, पिएल श्रेष्ठ, संविधान सभा सदस्य विचारी यादव, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, नेता चिरन्चिवी आचार्य, युवा संघका केन्द्रय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...