Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

संसद विघटन रहर हाेइन बाध्यता हाे : सत्यनारायण मण्डल

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का ईन्चार्ज एवं स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नेकपा अब एक नरहेकाे वताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता मण्डलले पार्टी बिभाजनकाे हुनुका प्रमुख कारण भने हाम्राे पार्टीकाे आफ्नाे आन्तरिक कारण नै रहेकाे वताएका हुन् । वीरगंजमा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै नेता मण्डलले पार्टी विभाजन र वर्तमान परिस्थितीबारे जानकारी गराउन उद्देश्यले नै पार्टीकाे शिर्ष नेताहरुकाे सहभागितामा बुधबार वीरगंज नगर सभा गृहमा प्रदेश स्तरिय भेला आयाेजना गर्न लागिएको जानकारी गराए ।

नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा हुने भेलामा शहरी बिकाश मन्त्री प्रभु साह, महिला तथा समाज कल्याण मन्त्री जुली महतो, स्थायि कमिटी सदस्य रघुबिर महासेठ, कानुन मन्त्री लिला श्रेष्ठ लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे जानकारी गराए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका नेता मण्डलले सदन बिघटन रहर नभई बाध्यता भएको बताउदै गणतन्त्र बिरोधी र संघियता नचाहनेहरुको षड्यन्त्र असफल बनाउन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको दावी गरे ।

जनताले ५ बर्षकाे लागि २ तिहाई बहुमत दिएर पठाएकाे अवस्थामा ३ बर्ष मै पुन: तपाईहरु कुन मुख लिएर भाेट माग्न जाने पत्रकारकाे प्रश्नकाे जवाफमा भएकाे गल्ती स्विकार गर्दै जनतासमक्ष गएर माफी माग्ने वताए ।

नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राज कुमार गुप्ता, केन्द्रिय सदस्य निर्मला देवकोटा, बसरुदिन अंसारी, बिश्वमभर शर्मा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य ईमरान अंसारी, प्रेस संगठनका प्रदेश २ का ईन्चार्ज लालबाबु शेख, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिकाश रौनियार, पर्सा अध्यक्ष महम्द निजाम लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला कमिटी सदस्य संजिव मिश्राले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...