Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कुमारी बै‌ंकको ग्राहकवर्गलाई सात्विक आयुर्वेद अस्पतालमा सहुलियत

spot_img
spot_img

वीरगञ्ज । सात्विक आयुर्वेद अस्पतालमा उपचार गराउने कुमारी बैंक लिमिटेडका ग्राहकवर्गले सहुलियत पाउने भएका छन ।

आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

वीरगंजस्थित सात्विक आयुर्वेद अस्पतालका प्रमुख चिकित्सक डा.प्रभाकर मनु र कुमारी बैंकलिमिटेड प्रदेश–२ का प्रदेश प्रमुख सिद्घार्थ सिंहले सोमबार संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरि सेवा सम्बन्धमा सम्झौता गरेका हुन ।

सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकवर्गले सात्विक आयुर्वेद अस्पतालमा ओ.पि.डि, प्याथोलोजी सेवा, पँचकर्म सेवा र औषधीमा ५% सम्म छुट पाउने छन । त्यस्तै फिजियोथेरापी, लगायत आइ.पि.डि. (बेड चार्जेज) मा ग्राहक वर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताईएको छ ।

सम्झौता समय बैंकको प्रदेश–२ कर्जा अधिकृत अमित सर्राफ, संचालन अधिकृत रंजित कुमार यादव तथा अस्पतालको संचालक विटु कुमारी शाहको उपस्थिति रहेको थियो ।

आयुर्वेद अस्पतालले मधुमेह, थाईराइड, उच्च रक्तचाप, याैन सम्बन्धि समस्याहरु, किड्नी पथरी, पित थैली पथरी, पाइल्स, बांझाेपन, बालबालिका सम्बन्धि समस्याहरु, मानसिक समस्याहरु, माईग्रेन, टाउकाे दुखाई, निद्रा सम्बन्धि समस्या, गैस्ट्रिक तथा कब्जियत लगायतका उपचार सेवा दिदै आएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...