Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

संसद विघटन बिरुद्ध पर्सामा कांग्रेसद्वारा बिरोध प्रदर्शन तथा सभा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा विघटनको विरुद्ध नेपाली कांग्रेस पर्साको क्षेत्र नं. ४ काे आयाेजनामा धाेबिनी गाउँपालिकाकाे लंगडीमा विरोध सभा सम्पन्न भएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको खिली उडाएको बताए । उनले संविधान विघटन असंवैधानिक भएको वताउदै चुनावसंग कहिले कांग्रेस नडराउन पार्टी भएकाे बताए ।

क्षेत्रिय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको बिराेध सभामा प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, पर्सा जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, नेता राजिन्द्र कुर्मी, नसुरलाह मियाँ, रामेश्वर महतो लगायतकाले मन्तव्य राखेका थिए ।

बिरोध सभामा क्षेत्र अन्तर्गतका सबै पालिकाहरुको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै नेपाली कांग्रेस पर्सा क्षेत्र नं.२, काे आयाेजनामा बहुदरमाई नगरपालिकाकाे डकैला बहुअरीमा बिराेध सभा सम्पन्न भएकाे छ ।
 
क्षेत्रीय कार्य समितिकाे सभापति गम्भीरा साहकाे अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चाैरसियाकाे प्रमुख आतिथ्यमा भएकाे बिराेध सभामा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, प्रदेश सभासदस्यद्वय राजेश्वर साह, ओम प्रकाश शर्मा, नेता हरेन्द्र सिंह, श्याम पाेखरेल, उपसभापति दिना गुप्ता, सचिव श्याम पटेल, सहसचिव राेशन लामिछाने, पर्सागढि नगरपालिकाका मेयर लाेकनारायण यादव, उपमेयर अर्चना चाैधरी,  बहुदरामाई नगरपालिकाका मेयर नितेन्द साह लगायतकाले मन्तव्य राखेका थिए । 
 
साे विराेध सभामा क्षेत्र नं.२ अन्तर्गतका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियाे ।

यस्तै पर्सा क्षेत्र नं.१ काे आयाेजनामा संसद विघटनकाे बिरुद्ध वीरगंजमा प्रदर्शन तथा काेण सभा सम्पन्न भएकाे छ ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध जुलुश माइटस्था, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काे सभालाई सम्बोधन गर्दै वक्ताहरुले नेकपाले मुलुकलाई भ्रष्टाचारको दलदलमा धकेली लोकतन्त्र समाप्त पार्न खेलमा लागेको आरोप लगाए । ५ वर्षसम्म स्थिर सरकार चलाउन जनताले नेकपालाई दुई तिहाई बहुमत दिए पनि मुलुकको विकासभन्दा नेताहरु आफ्नै विकास गर्न सरकारको ढुकुटी खाली गर्दै असंवैधानिक तरिकाले संसद विघटन गरी लोकतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको वक्ताहरुकाे भनाई थियाे ।

‘‘हामी लोकतन्त्रवादी हौ । अदालतको फैसलालाई कांग्रेसले स्वीकार्य गर्छ ।’, वक्ताहरुले भने, ‘‘हामी चुनावमा जान पनि तैयार छौ । तर  असंवैधानिक तरिकाले जनताले दिएको जनादेशलाई लत्याएर संसद विघटन आफूहरु कदापी स्वीकार्य गर्दैनौ ।’’

कोणसभामा नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, पूर्व सांसद अनिल रुङ्गटा, वीरगंज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की, महिला नेतृ किरण सरकार, शुष्मा तिवारी दुवेदी, नेता अरविन्द गुप्ता, युवा नेता दिलिप राज कार्की, सुधिर पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै पर्सा क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेसकाे विराेध सभा सम्पन्न भएकाे छ । पाेखिरियामा भएकाे बिराेध सभालाई नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी लगायतकाले सम्बाेधन गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सद्भाव र्‍यालीपछि पनि प्रदर्शन नरोकिएपछि वीरगंजमा फेरि निषेधाज्ञा लागू

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । घण्टाघर क्षेत्रमा हिन्दु युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि...

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...