Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

धर्म निर्पेक्षताको आडमा लोभ, लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र : अध्यक्ष कमल थापा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले पनि आईतबार वीरगंजमा बिरोध जुलुस निकालेको छ ।

महंगी, भ्रष्टारचार, धर्म परिवर्तन एंवम कोभिन–१९ महामारी नियन्त्रण गर्न नसक्ने सत्ताको भागबन्डामा लिप्त असफल सरकार भन्दै राप्रपाले सरकार बिरुद्ध बिरोध जुलुस निकालेको हो ।

वीरगंजको लाठगल्लीबाट निस्केको बिरोध जुलुस घठिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रमा गरेपछि पुनः माईस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

बिरोध जुलुसमा बन्द करखाना खुल्ला गर, खुल्ला सिमाना नियमन गर, राष्ट्रवाद जिन्दावाद, राप्रपा जिन्दावाद, हिन्दु राष्ट्र कायम गर, महामारी अवधीको व्याज मिन्हा गर लगायतका चर्काे नारा लगाईएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रका राष्ट्रिय अध्यक्ष कमल थापाले धर्म निर्पेक्षताको आडमा लोभ लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘‘२००७ सालमा प्रजातन्त्र आएको बेला नेपालमा करिब दुई दर्जन मात्रै क्रिश्चियन थिए तर २०६२/६३ को परिवर्तन पछि धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर अहिले झण्डै ४० लाख क्रिश्चियन बनाईएको  छ ।’’

कोणसभा सम्पन्न भएपछि सो जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगी पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...