Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

धर्म निर्पेक्षताको आडमा लोभ, लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र : अध्यक्ष कमल थापा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले पनि आईतबार वीरगंजमा बिरोध जुलुस निकालेको छ ।

महंगी, भ्रष्टारचार, धर्म परिवर्तन एंवम कोभिन–१९ महामारी नियन्त्रण गर्न नसक्ने सत्ताको भागबन्डामा लिप्त असफल सरकार भन्दै राप्रपाले सरकार बिरुद्ध बिरोध जुलुस निकालेको हो ।

वीरगंजको लाठगल्लीबाट निस्केको बिरोध जुलुस घठिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रमा गरेपछि पुनः माईस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

बिरोध जुलुसमा बन्द करखाना खुल्ला गर, खुल्ला सिमाना नियमन गर, राष्ट्रवाद जिन्दावाद, राप्रपा जिन्दावाद, हिन्दु राष्ट्र कायम गर, महामारी अवधीको व्याज मिन्हा गर लगायतका चर्काे नारा लगाईएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रका राष्ट्रिय अध्यक्ष कमल थापाले धर्म निर्पेक्षताको आडमा लोभ लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘‘२००७ सालमा प्रजातन्त्र आएको बेला नेपालमा करिब दुई दर्जन मात्रै क्रिश्चियन थिए तर २०६२/६३ को परिवर्तन पछि धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर अहिले झण्डै ४० लाख क्रिश्चियन बनाईएको  छ ।’’

कोणसभा सम्पन्न भएपछि सो जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगी पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...