Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

संसद विघटन बिरुद्ध वीरगंजमा जसपाद्वारा चौथो दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगंज । प्रतिनिधी सभा विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) पर्साले आज चौथो दिन पनि वीरगंजमा प्रदर्शन गरेको छ ।

जसपाको केन्द्रिय कमिटिद्वारा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत चौथो दिन पनि प्रदर्शन गर्नुको साथै बिरोध सभा गरेका हुन् ।  वीरगंजको घण्टाघरबाट निस्केको बिरोध जुलुस माइस्थान, महाबिस्थान, आदर्शनगर हुदै नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा चालिएको असंबैधानिक कदमले गणतन्त्र र संघीयतामाथि नै खतराको संकेत देखिएको बताएका छन् ।

विघटित संसद पुनः स्थापना नभए लामो संघर्ष पश्चात आएको गणतन्त्र संघीयता गुम्ने खतरा भएकोले त्यसलाई बचाउँन जसपा आन्दोलनमा उत्रेको उनीहरुको भनाई छ ।

तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र तत्कालिन राष्ट्रिय जनता पार्टी पर्साका अध्यक्ष जगदिश पटेको संयुक्त अध्यक्षतामा भएको बिरोध कार्यक्रममा प्रदेश करिमा बेग्म, रमेश कुर्मी, जन्नत अंसारी, जसपा नेता शिव पटेल, शशिकपूर मियाँ, नेजामुद्दिन समानी, तब्रेज अहमद, शिवजी सोनी, नागेन्द्र यादव, नेतृ रम्भा मिश्रा, मोनिका सिंह लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...