Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

चुनावको तयारीमा जुटन कार्यकर्तालाई नेता गुप्ताकाे निर्देशन

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी संखुवा प्रसौनी गाँउपालिकाको बैठक आज सम्पन्न भएको छ । गाँउपालिका कमिटी अध्यक्ष बासुदेव महतो थारु अध्यक्षतामा सम्पन्न बैठकले निष्कृय सचिव एवं सदस्यहरुलाई परिर्वतन गरि नयाँ सचिव र सदस्य थप गरेको छ ।

बैठकले यस अघि गाँउपालिका सचिवको पदमा रहेका कन्हैया साह तेलीको ठाँउमा चन्दन सहनीलाई नियुक्त गरेको छ ।बैठकले ८५ सदसीय कमिटी निर्माण गरेको छ । बैठकलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी मुलक र संघियतालाई समाप्त पार्ने षड्यन्त्र भएकोले सदन बिघटन गर्नुपरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको नासो जनतालाई नै सुम्पेको बताउदै निर्वाचनको तयारीमा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाई नेता गुप्ताले निर्देशन दिनुभयो । प्रधानमन्त्रीले चालेको कदम संवैधानिक र देशको हितमा भएको बताउदै निर्वाचनको सामना गर्न प्रचण्ड र माधव नेपाललाई आग्रह गर्नुभयो ।

अधिवेशन र निर्वाचनको सामना गर्न नसक्नेले प्रचण्ड नेपाल पक्षले बिधि र पद्यतिको कुरा गर्नु हास्यास्पद भएको बताउनुभो । प्रमुख अतिथी समेत रहनुभएका गुप्ताले ओलीको पक्षमा कार्यकर्ता र जनताको उत्साह देखेर खुशी लागेको बताउदै अगामी निर्वाचनमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढि मत आउने ठोकुवा गर्नुभयो ।

उहाँले सरकारले गरेका राम्रा कामहरु बारे जनतालाई जनकारी गराउन घरदैलो अभियान र संगठन बिस्तारमा जोड दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । यसैगरी आजै सम्पन्न बैठकलले बासुदेव महतोको अध्यक्षतामा ९ सदसिय सचिवालय कमिटी गठन गरेको छ ।

कमिटीको सचिवमा चन्दन सहिनी,सदस्यहरुमा यशवन्त यादव, समिकपुर गिरी,हरिन्द्र दास,नुरहसन अंसारी, शिव ओझैया, जदु साह तेली,अनुरुद्ध कुर्मी रहनुभएको छ । बैठकले पुस १८ गते श्रीपुर पाँचगवामा अर्को बैठक बस्ने निर्णय गरेको छ ।

वडा नम्बर ५ सिद्धपुरमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य सजिव मिश्रा, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, नेकपा युवा नेता हनिफ मियाँ, यशवन्त यादव,शिवजि ओझैया थारु, छोटेलाल पासवान, जदु साह, पारस महतो थारु, अनिरुद्ध राउत,वृजकिसोर साह , श्याम सुन्दर दास थारु, रामबहादुर यादव, हरिन्द्र दास थारु, महमद आरिफ, रामनाथ थारु, सिपाही अंसारी , अलिअकबर अंसारी, छटु पटेल, गौरी प्रसाद यादव,नुरुलाल्ह अंसारी लगायतको उपस्थिती रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...