Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पोषण सम्बन्धि महिलाहरुलाई तालिम

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं.१४ मा महिलाहरुलाई पाेष्ण सम्बन्धि एक दिने तालिम प्रदान गरिएकाे छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १४ को सहयोग र डेभलोपमेन्ट समाज पर्साको आयोजना भएकाे तालिम सम्पन्न भएको हो । वडा अन्तर्गतका गर्भावती महिलाहरुकाे लागि पाेष्ण सम्बन्धि एक दिने तालिम प्रदान गरिएकाे डेभलाेपमेन्ट समाजका अध्यक्ष राहुल साहले वताए । 

डेभलोपमेन्ट समाजका सचिव शम्भु साहको अध्यक्ष्ता र वडाध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन समाराेहमा वडा सचिव राजिव गिरी, सह सचिव गाेपिचन्द साह, पत्रकार शम्भु कुमार सुमन, सन्धया मिश्र, विराजित प्रसाद, संजय पटेल, सचितानन्द यादव, रफिक अन्सारी, सुनैना देवी लगायतको सहभागिता रहेको थियो ।

५० जना भन्दा बढी महिलाहरुकाे सहभागिता रहेकाे तालिमकाे सहजिकरण सरिता यादव र राहुल साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...