वीरगंज । बाराको कलैयामा आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
चिसोबाट बच्न आगो ताप्ने क्रममा घाईते भएकी कलैया उपमहानगरपालिका– ३ गगांपुर बस्ने ७५ वर्षीय रामसवारी देवी कानुको मृत्यु भएको हो ।
आईतबार आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक आगोमा लडी जलेर घाईते भएकी थिईन ।
घाईते कानुको वीरगंजस्थित नारायाणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी बाराका प्र्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए । मृत्यको शव अहिले अस्पतालमै रहेको उपरिक्षक मिश्रले बताए ।






