30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

संसद विघटनको बिरोधमा वीरगंजमा प्रदर्शन, केही बेर तनाव

वीरगंज । संसद विघटनको बिरोधमा आईतबार वीरगंजमा प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा संसद विघटनको बिरुद्धमा प्रदर्शन गरेका हुन ।

बिरोधका क्रममा उनीहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन मांग गरेका थिए ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्क्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरी बिच केही बेर सामान्य झडप भई तनाव सृजना समेत भएको थियो । सोही क्रममा प्रहरीले नेकपा पर्साका युवा नेता मनोज चौधरीलाई केही बेर नियन्त्रणमा समेत लिएको थियो ।

संसद विघटन गर्नु असंबैधानिक र अलोकतान्त्रिक भएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

बिरोध प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव बिजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.180 sec. Memory consumption:81.47 mb