Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

चिसोले जनजीवन कष्टकर बन्दै

spot_img
spot_img

-बलिराम यादव  //
वीरगंज । लगातार तीन दिनदेखी बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित भएको छ । पर्सासहित मध्य–तराईमा एक्कासी चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।

विहानै देखी बाक्लो हुस्सो र शितलहर चलेको हुदाँ चिसो बढेर बालबालिका, बृद्धबृृद्धा र मजदुर बढि प्रभावित भएका छन् । हुस्सो र चिसोको कारण बालबालिकाहरु विद्यालय नगई घरमै बस्दा पठनपाठन समेत प्रभावित भएको छ ।

आईतबार बिहानै देखी प्रदेश २ का जिल्ला पर्सा, बारा, रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सो र शितलहर बढेसंगै चिसो पनि बढेको छ । चिसोको कारण मानिसहरु घरबाट बाहिर निस्कन नसकेर जनजीवन कष्टकर बन्दै भएको छ ।

पर्साको सदरमुकाम वीरगंज शहरमा चिसोको कारण बिहानैदेखी चहल पहलमा कमी आएको छ भने मासिनहरु जाडोबाट बच्न्आगो बाली ताप्ने गरेका छन् । कतिपयले अत्यधिक चिसो बढेको कारण घरमै आगो बालेर तापिरहेका छन् ।

हुस्सोसंगसंगै चिसो हावा पनि चलेकोले नेपालको आर्थिक एंव औधोगिक नगरी वीरगंजमा दैनिक मजदुरी गर्न आउने मानिसको संख्यामा कमी आएको छ । यति मात्रै होईन वीरगंज बाहेक अन्य खुल्ला ठाउँमा पनि दैनिक ज्यालादारी गरी घरपरिवार चलाउँने विपन्न वर्गहरुलाई समस्या भएको छ ।

यस्तै बजारमा दैनिक रिक्सा, ठेला चलाउने मजदुर पनि मारमा परेका छन् । चिसो बढेसंगै उनीहरलई काम गर्न समस्या आएको छ ।

चिसोले खास गरी बालबालिका र बृद्धबृद्धा बढि प्रभावित हुने भएकोले उनीहरुलाई विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

सकेसम्म बालबालिका तथा बृद्धबृद्धाहरुलाई घरबाट बाहिर निस्कन नदिन र निस्कनै पर्ने भए बाक्लो कपडा लगाएर निस्कनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...