29.8 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

चिसोले जनजीवन कष्टकर बन्दै

-बलिराम यादव  //
वीरगंज । लगातार तीन दिनदेखी बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित भएको छ । पर्सासहित मध्य–तराईमा एक्कासी चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।

विहानै देखी बाक्लो हुस्सो र शितलहर चलेको हुदाँ चिसो बढेर बालबालिका, बृद्धबृृद्धा र मजदुर बढि प्रभावित भएका छन् । हुस्सो र चिसोको कारण बालबालिकाहरु विद्यालय नगई घरमै बस्दा पठनपाठन समेत प्रभावित भएको छ ।

आईतबार बिहानै देखी प्रदेश २ का जिल्ला पर्सा, बारा, रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सो र शितलहर बढेसंगै चिसो पनि बढेको छ । चिसोको कारण मानिसहरु घरबाट बाहिर निस्कन नसकेर जनजीवन कष्टकर बन्दै भएको छ ।

पर्साको सदरमुकाम वीरगंज शहरमा चिसोको कारण बिहानैदेखी चहल पहलमा कमी आएको छ भने मासिनहरु जाडोबाट बच्न्आगो बाली ताप्ने गरेका छन् । कतिपयले अत्यधिक चिसो बढेको कारण घरमै आगो बालेर तापिरहेका छन् ।

हुस्सोसंगसंगै चिसो हावा पनि चलेकोले नेपालको आर्थिक एंव औधोगिक नगरी वीरगंजमा दैनिक मजदुरी गर्न आउने मानिसको संख्यामा कमी आएको छ । यति मात्रै होईन वीरगंज बाहेक अन्य खुल्ला ठाउँमा पनि दैनिक ज्यालादारी गरी घरपरिवार चलाउँने विपन्न वर्गहरुलाई समस्या भएको छ ।

यस्तै बजारमा दैनिक रिक्सा, ठेला चलाउने मजदुर पनि मारमा परेका छन् । चिसो बढेसंगै उनीहरलई काम गर्न समस्या आएको छ ।

चिसोले खास गरी बालबालिका र बृद्धबृद्धा बढि प्रभावित हुने भएकोले उनीहरुलाई विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

सकेसम्म बालबालिका तथा बृद्धबृद्धाहरुलाई घरबाट बाहिर निस्कन नदिन र निस्कनै पर्ने भए बाक्लो कपडा लगाएर निस्कनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.358 sec. Memory consumption:82.49 mb