Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

‘महिला हिंसा न्युनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

-बलिराम यादव-
वीरगंज महानगरपालिका–३० लालपर्सामा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पब्लिक एफ. एम.द्धारा आयोजित महिला हिंसा अन्त्य सम्बन्धी कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा महिला हिंसा न्यूनिकरण गर्न सुरुमै छोरीहरुलाई शिक्षा दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजोलगायतका कारणले हिंसा हुने गरेकोले छोरीहरुलाई मात्र नभएर परिवारका सबै सदस्यहरुलाई औपचारिक र अनौपचारिक शिक्षा दिन आवश्यक रहेको बताएका थिए ।

अहिले पनि हाम्रो समाजमा बालविवाह, बहुविवाह, कथित बोक्सीको आरोप, घरेलु हिंसा तथा महिला भएकै कारणले महिला माथि हुने विभिन्न प्रकारका प्रताडना कायमै रहेकोले छोरीसंगसंगै घरपरिवाार र समाजलाई पनि शिक्षासंग जोडिनु पर्ने वक्ताहरुले आग्रह गरेका थिए ।

शिक्षा ज्ञानको ज्योति भएकोले ज्ञान भई मानिसमा चेतनाको विकास हुने भएकोले अन्धकारमा रहेको समाजलाई उज्यालो बनाउन शिक्षाको धेरै महत्व रहेकोले महिला हिंसा न्युनिकरण गर्न समाजलाई शिक्षित बनाउन लाग्नु पर्ने बताएका थिए ।

एफ.एमका निर्देशक शंम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. ३० का वडाअध्यक्ष अम्मान्त अंसारी, श्री नेपाल राष्ट्रिय आधारभुत बिध्यालयका प्र.अ लक्ष्मण प्रसाद साह कानु, रेडियोका प्रबन्दक मुकेश सिंह, बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव, सदस्य नाजिर अहमद अंसारी, जनता समाजवदी पार्टी युवा संघका प्रदेश नं.का सचिव मनोज यादव, महिला संघकी अध्यक्ष ईन्दु देवी, समाज सेवी राम प्रसाद यादव, पब्लिक एफ.एमका स्थानिय संवादाता ईरान देवान, कार्यक्रम संयोजक लालबाबु सिंह, रेखा सिंह, संजय दास थारु लगायतकाको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पब्लिक एफ.एमका समाचार प्रमुख संजय गुप्ताले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।...

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत...

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ...