Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

‘महिला हिंसा न्युनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

-बलिराम यादव-
वीरगंज महानगरपालिका–३० लालपर्सामा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पब्लिक एफ. एम.द्धारा आयोजित महिला हिंसा अन्त्य सम्बन्धी कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा महिला हिंसा न्यूनिकरण गर्न सुरुमै छोरीहरुलाई शिक्षा दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजोलगायतका कारणले हिंसा हुने गरेकोले छोरीहरुलाई मात्र नभएर परिवारका सबै सदस्यहरुलाई औपचारिक र अनौपचारिक शिक्षा दिन आवश्यक रहेको बताएका थिए ।

अहिले पनि हाम्रो समाजमा बालविवाह, बहुविवाह, कथित बोक्सीको आरोप, घरेलु हिंसा तथा महिला भएकै कारणले महिला माथि हुने विभिन्न प्रकारका प्रताडना कायमै रहेकोले छोरीसंगसंगै घरपरिवाार र समाजलाई पनि शिक्षासंग जोडिनु पर्ने वक्ताहरुले आग्रह गरेका थिए ।

शिक्षा ज्ञानको ज्योति भएकोले ज्ञान भई मानिसमा चेतनाको विकास हुने भएकोले अन्धकारमा रहेको समाजलाई उज्यालो बनाउन शिक्षाको धेरै महत्व रहेकोले महिला हिंसा न्युनिकरण गर्न समाजलाई शिक्षित बनाउन लाग्नु पर्ने बताएका थिए ।

एफ.एमका निर्देशक शंम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. ३० का वडाअध्यक्ष अम्मान्त अंसारी, श्री नेपाल राष्ट्रिय आधारभुत बिध्यालयका प्र.अ लक्ष्मण प्रसाद साह कानु, रेडियोका प्रबन्दक मुकेश सिंह, बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव, सदस्य नाजिर अहमद अंसारी, जनता समाजवदी पार्टी युवा संघका प्रदेश नं.का सचिव मनोज यादव, महिला संघकी अध्यक्ष ईन्दु देवी, समाज सेवी राम प्रसाद यादव, पब्लिक एफ.एमका स्थानिय संवादाता ईरान देवान, कार्यक्रम संयोजक लालबाबु सिंह, रेखा सिंह, संजय दास थारु लगायतकाको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पब्लिक एफ.एमका समाचार प्रमुख संजय गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...