Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

ऐश्वर्या रायको एउटा बानीलाई खराब बताउँछिन श्वेता बच्चन

spot_img
spot_img

एजेन्सी । श्वेता बच्चनले ‘कफी विद करन’ को एक एपिसोडमो बुहारी ऐश्वर्या राय बच्चनको एउटा बानीलाई खराब बताएकी छिन् ।

सन् २०१९ मा श्वेता बच्चन आफ्ना भाइ अभिषेक बच्चनसँग कार्यक्रममा उपस्थित भएकी थिइन् । दुबैले एक अर्काको काम, सहकर्मीसँगको सम्बन्ध, पारिवारिक विषयमा कुराकानी गरे ।

कार्यक्रमको र्यापिड फायर राउन्डमा करनले श्वेतालाई ऐश्वर्याको मननपर्ने एउटा बानीबारे सोधे । यसको जवाफमा उनले भनिन्, ‘उनी स्व निर्मित, साहसी र निडर महिला हुनुका साथै एक उत्कृष्ट आमा पनि हुन् । तर मलाई उनको एउटा बानी मनपर्दैन । उनी समयमा फोन फिर्ता गर्दिनन् । उनको समयको व्यवस्थापन राम्रो छैन ।’

त्यस्तै श्वेताको नजिकै बसिरहेका अभिषेक बच्चनलाई पनि त्यहि प्रश्न सोधियो । यसको जवाफमा अभिषेकले भने, ‘म ऐश्वर्यालाई प्रेम गर्छु किनभने उनले मलाई प्रेम गर्छिन् । तर उनी सामान प्याक गर्ने कुरामा असाध्यै खराब छिन् । यो कुरा मैले सहिरहेको छु ।’

यसका साथै उक्त कार्यक्रममा करन जोहरले अभिषेकलाई आमासँग डर लाग्छ कि श्रीमतीसँग भनेर पनि प्रश्न सोधे । प्रश्न भुइँमा खस्न नपाउँदै श्वेताले उत्तर दिइन्, ‘श्रीमतीसँग ।’

श्वेता बच्चन र ऐश्वर्या राय बच्चनबीच निकै राम्रो सम्बन्ध छ, यसमा कुनै शंका छैन । दुबैका लागि एक–अर्काको मनमा निकै इज्जत र प्रेम छ तर श्वेताको मनमा ऐश्वर्याका लागि एउटा गुनासो छ ।

अभिषेक र ऐश्वर्याको सन् २००७ मा विवाह भएको हो । यी दुईका आराध्या नामकी छोरी छिन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...