Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बढ्दाे चिसाेबाट जाेगिन कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बढदो चिसाेलाई ध्यानमा राखी आशा किरण केन्द्र बिरगंजले वृद्ध एवं असहाय परिवारहरुलाई कम्बल वितरण गरेकाे छ ।

बढ्दाे  चिसाेबाट जाेगिन वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ का लक्षमिपुर मुसहर बस्ती र नैका टोलका दलित बास्ती, बेलवामा १३० थान कम्बल र बालबालिकाहरुको लागि बिस्कुट, चकलेट इत्यादि बितरण गरिएको आशा किरण केन्द्र वीरगंजका सचिव राजन श्रीवास्तवले वताए ।

वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा न्यानाे कपडा वितरण गरिएकाे हाे ।

आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.अशाेक दास, सुमिर कुमार, अनिल चौधरी, पिन्टु उपाध्याय, राधेश्याम गुप्ता लगायत स्थानीय बादिन्दाहरुको उपस्थिति रहेको थियो ।

एकासी बढेकाे चिसाेले बिशेष गरी गरिब, विपन्न परिवारकाे साथ साथै बृद्ध र बालबालिका बढी प्रभावित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...