Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बढ्दाे चिसाेबाट जाेगिन कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बढदो चिसाेलाई ध्यानमा राखी आशा किरण केन्द्र बिरगंजले वृद्ध एवं असहाय परिवारहरुलाई कम्बल वितरण गरेकाे छ ।

बढ्दाे  चिसाेबाट जाेगिन वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ का लक्षमिपुर मुसहर बस्ती र नैका टोलका दलित बास्ती, बेलवामा १३० थान कम्बल र बालबालिकाहरुको लागि बिस्कुट, चकलेट इत्यादि बितरण गरिएको आशा किरण केन्द्र वीरगंजका सचिव राजन श्रीवास्तवले वताए ।

वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा न्यानाे कपडा वितरण गरिएकाे हाे ।

आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.अशाेक दास, सुमिर कुमार, अनिल चौधरी, पिन्टु उपाध्याय, राधेश्याम गुप्ता लगायत स्थानीय बादिन्दाहरुको उपस्थिति रहेको थियो ।

एकासी बढेकाे चिसाेले बिशेष गरी गरिब, विपन्न परिवारकाे साथ साथै बृद्ध र बालबालिका बढी प्रभावित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...