Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बाराकाे ८ औ जिल्ला समन्वय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिकामा शुक्रबार आठाै जिल्ला समन्वय बैठक सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंहको अध्यक्षतामा भएको बैठकले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानिय तहहरुमा सरुवा, पदास्थापन गरी पठाएका कर्मचारीहरुलाई सम्बन्धित स्थानिय तहले अनिवार्य रुपले हाजिर गराउने निर्णय गरेकाे छ ।

यस्तै बैठकले स्थानिय तहबाट संचालन हुने सम्पूर्ण गतिविधिहरु संचालन गर्न प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समान रुपमा उत्तरदायी भएकाले विधिकाे शासन भित्र रही आपसी समन्वय र सहकार्य गरी कार्य गर्ने गराउने, समन्वय बैठकलाई अझ प्रभावकारी बनाउन आगामी बैठकदेखी प्रत्येक स्थानिय तहले आफुले गरेकाे कामहरु मध्ये कम्तिमा एक वटा उत्कृष्ट कामकाे प्रस्तुती गर्नुपर्ने लगायतकाे ८ वटा निर्णय गरेकाे जिल्ला समन्वय अधिकारी सुनिल चाैरसियाले वताए ।

जिल्ला समन्वय समिती बाराको सम्योजनमा हुँदै आएको अगामी जिल्ला समन्वय बैठक माघ २ गते सुवर्ण गाउँपालिकामा हुनेसमेत बैठकले निर्णय गरेकाे उनले जानकारी गराए ।

बैठकमा सहभागी सबैले जिल्लाको बिकास का लागि साझा प्रयास गर्ने र आ आफ्नो पालिकामा राम्रो काम गर्नेमा अझ द्रुत गतिमा कदम चाल्ने बताएका थिए ।

बैठकमा बढ्दै गरेको चिसो र शितलहरबाट जनतालाई राहत दिन दाउरा बितरण, न्यानाे कपडा बितरण, अस्लिल गित र डिजे बन्द गराउने, सार्वजनिक जग्गा बारे प्रक्रिया थाल्ने, सार्वजनिक गाडी दुरुपयोग रोक्ने लगायतकाको बारेमा पनि छलफल भएको थियाे ।

जिल्ला समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, प्रहरी प्रमुख कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजित, पालिका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुकाे सहभागिता रहेकाे थियाे ।

बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल पालले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी चौरसियाले गरेको बिश्रामपुर गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत सुनिल केशरिले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...