Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरियामा लैंगिकतामा आधारित हिंसा सम्बन्धी २ दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । बाल सुरक्षा, प्रजनन् स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा सम्बन्धी २ दिने तालिम शुक्रबार सम्पन्न भएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी शसक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत पोखरियामा भएकाे तालिम सम्पन्न भएकाे हाे । ठुली दिदीहरुको लागी बाल सुरक्षा, प्रजनन् स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा तथा सामाजिक समावेशीकरण पाेखरिया नगरपालिकाकाे सभा हलमा तालिम संचालन भएकाे थियाे ।

ठुली दिदीहरुलाई बाल सुरक्षा, प्रजनन् स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा सम्बधी चेतनशिल बनाई सानी बहिनीहरुरुको क्षमता विकास गर्ने अभिपार्यले सो तालिम दिईएको हो । तालिममा जगरनाथपुर र धोविनी गाउँपालिकाका १७ जना ठुली दिदीहरुको सहभागीता रहेको थियो ।

तालिममा परियोजनाका कर्मचारीहरु गणेश ठकुरी, देवी न्यौपाने, श्रीचन्दन जैसवाल, देवता रिजाल, मंगीता रौनियार, धुर्वतारा केवट र ठग पटेलले सहजिकरण गरेका थिए ।

दिब्य युवा क्लवका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षतामा तालिम समापन समाराेहमा पोखरिया नगरपालिकाका प्रशासन सहायक राजेश्व प्रसाद कुर्मी लगायतकाे सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...