Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

वीरगञ्जमा अन्तराष्ट्रिय स्तरकाे चार तारे हाेटल(क्लार्क रिसोर्ट) संचालनमा

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा एक अर्वभन्दा पनि बढीको लगानीमा चार तारे होटल सञ्चालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवारीमा हिमाल वाटार्पार्क एण्ड भिलेज रिसोर्ट नामक अन्तराष्ट्रिय स्तरको चार तारे होटल सुरु भएको हो । एक अर्वभन्दा बढीको लगानीमा प्रदेश नं. २ मै खुलेको यो पहिलो होटल भएको सञ्चालकले दावी गरेका छन् ।

विगत लामो समयदेखि वीरगञ्जमा  कागजको उद्योग चलाउँदै आएका वीरगञ्जका प्रतिष्ठित व्यवसायी सुनिल कुमार खेतानले लगानी गरेको होटल भारतको चर्चित होटल ब्राण्ड क्लार्क्स रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी लिएको छ ।

होटलमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार व्यक्ति अट्न सक्ने कन्भेन्सन हल, डेढ सयदेखि ३ सयजना अट्ने चारवटा व्यवस्थित सभाहल, स्वीमिङ पुल, क्यासिनो, ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पार्किङ्ग स्थल, बगैंचा लगायत संरचना निर्माण गरिएको छ ।

हाल रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक सातामा ५ वटा सम्म कार्यक्रम सम्पन्न भएको सञ्चालक खेतानले होटलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बताए । व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रारम्भिक चरणको तयारी थालेको उनले जानकारी दिए ।

३ वर्षअघिदेखि निर्माण सुरु गरिएको यो रिसोर्ट दुई बिघामा फैलिएको सञ्चालक खेतान बताए । नारायणी सिँचाइ डिभिजन नम्बर ५ गण्डक बहुअरीभन्दा ७ सय मिटरपूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका खेतानले यसअघि कागज उद्योग र एफ एम रेडियोमा लगानी गरेका थिए । वीरगञ्जमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरिएको उनको तर्क छ ।

सम्पूर्ण सञ्चालनको जिम्मा चर्चित ब्रान्ड क्लार्कलाई नै दिने गरी होटलको गुणस्तरीयमा ध्यान दिइएको खेतानले बताए । क्लार्कको पहिलो विदेशी प्रडक्ट भएकाले पनि अन्तर्राष्ट्रियस्तरको रिसोर्टको सुविधाले नेपाली ग्राहक तथा देश घुम्न आउने पर्यटकले सेवा सुविधाबाट फाइदा लिन सक्ने उनको आशा छ ।

तीन वर्षको अथक प्रयासपछि अहिले निर्माणको अन्तिम चरणमा हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्टमा ६० वटा कोठा सहितको होटल ब्लकको काम जारी गरिएको व्यवस्थापकको भनाइ छ ।

आगामी ८ महिनामा होटल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने खेतानले बताए । उनका अनुसार होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चार वटा एक्जुकेटिभ स्विट्स, आठवटा एक्जुकेटिभ कोठा, आठ वटा स्विट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुरेन्ट सञ्चालनमा आउनेछ । पूर्ण रुपमा रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बुक सुरु गर्ने रिसोर्टको तयारी रहेको संचालक खेतानले बताए ।

ग्लोबल आइएमई बैंकले ऋण उपलब्ध गराएको रिसोर्टले काठमाडौंपछि वीरगञ्जमा स्तरीय रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालकको दाबी छ । प्रदेश २ मा बिहार, उत्तरप्रदेश तथा अन्य राज्यबाट वैवाहिक कार्यक्रम तथा अन्य औद्योगिक प्रयोजनका लागि आउने पर्यटकलाई पनि लक्ष्य गरी होटल क्लार्क पार्क निर्माण गरिएको सञ्चालित खेतानले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीएचपीले ४ जीपीए ल्याउने ६ विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

वीरगंज । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेकाे छ । विद्यालयमा एक कार्यक्रमकाे आयाेजना...

रास्वपा पर्सा–४ मा कृष्णमोहन यादवको पराजयपछि सांसद शाक्यको भूमिका चर्चामा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद टेकबहादुर शाक्य निकट समूहले अपेक्षित नतिजा हासिल...

बालअधिकार संरक्षणमा संवेदनशील पत्रकारिता आवश्यक : प्रमुख लामिछाने

वीरगंज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ । युवालयको आयोजनामा भएको कार्यक्रममा...