Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगन्ज घण्टाघरस्थित मन्दिरको जग्गा भुमाफियाको कब्जामा

spot_img
spot_img

वीरगंज । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १० हाल महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित रहेको सुवर्ण मन्दिरको बहुमुल्य सार्वजनिक जग्गा स्थानिय एक समुदायका व्यक्तिले राजनितिक पहुचको आधारमा जबरजस्ती कब्जा गर्न लागेको खुलासा भएको छ ।

मन्दिरको सार्वजनिक जग्गा आफनो नाममा कायम गराउँन सफल भएकी नसिमा खातुनले रातारात राजनितिक पहुचको आधारमा प्रहरी प्रशासनको मिलोमतोमा जग्गामा डोजर लगाएर माटो खन्ने काम शुरु गरेपछि विवाद शुरु भएको हो । मन्दिर अगाडीको जग्गामा ८ फिट गहिरो खनिएपछि मन्दिरमा पुजापाठ गर्ने काम समेत रोकिएको छ ।

बिहिबार राती नसिमाका छोरा जौवादले प्रहरी प्रशासनकै सहयोगमा डोजर प्रयोग गरी मन्दिरको जग्गामा करिब ८ फिट गहिरो खनी मन्दिरमा आउने जाने बाटो समेत बन्द गरीदिएका छन् । बिहान मन्दिरको जग्गा खनि सकेको स्थानियले देखेपछि पुन: जग्गामा माटो पुर्न खोज्दा प्रहरीले उल्टै हस्तक्षेप गरी बल समेत प्रयोग गर्न पछि हटेन् ।

घर निर्माणको लागि वडा समिति र महानगरपालिका कार्यालयबाट नक्सा पासको लागि सिफारिस लिनुपर्ने हुन्छ तर न कुनै सिफारिस न त नक्सा नै पास गरी मन्दिरको सार्वजनिक जग्गामा घर निर्माणको लागि प्रकृया शुरु गरेपछि महानगरपालिकाले पत्र समेत काटेर निर्माण कार्य रोक्का गर्न स्थानिय प्रहरी प्रशासनलाई आदेश दिएको छ ।

महानगरपालिकाले रोक्का आदेश जारी गर्दै अवहेलना गर्न खोजिए स्थानिय सरकार संचालन ऐन, २०७४ बमोजिम कार्यवाहीको प्रकृया अगाडी बढाउँने चेतावनी दिदासमेत महानगरपालिको रोक्का चिठीको अवहेलना गर्दै प्रहरी प्रशासनकै सहयोगमा उल्टै घर निर्माणको प्रकृया अगाडी बढाउँन खोजिएको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर साहले बताए ।

मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा कब्जा गराउँन सांसददेखि प्रदेश २ का मन्त्री समेत लागि परेको स्थानियको आरोप छ । जौवाद जनता समाजवादी पार्टीका युवा नेता समेत हुन् । उनको पहुच ठूलो बडा समक्ष छ ।

मन्दिरको नाममा सो जग्गा कायम रहेको जानकारी हुदाँ हुदैपनि २०५६ साल कात्तिक १७ गते नसिमा खातुनले वासुदेव मारवाडी संग जिल्ला मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी कब्जा गर्न खोजेको स्थानियले आरोप लगाए । २०४९ बैशाख ३० गते नापी कार्यालयको फिल्ड बुकमा कित्ता नम्बर ५ को १ कठठा ११ धुर २ कनवा जग्गा सुवर्ण मन्दिरको नाममा दर्ता कायम छ ।

उक्त जग्गा ७ बर्ष पछि २०५६ साल कात्र्तिक १७ गते सार्वजनिक जग्गा कसरी कित्ताकाँट गरी बेचियो ? स्थानियले भने, वासुदेव मारवाडीले रैती नम्बर १२५४ बाट आएको ३ कठ्ठा १५ धुर २ कनवा जग्गा मध्ये १० धुर जग्गा कित्ताकाट गरी खरीद विक्री गरेपनि, सुवर्ण मन्दिरको नाउँमा छुटै कायम रहेको कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गाबाट ७ धुर जग्गा नसिमा खातुनले कब्जा गर्न खोजेकी हुन् ।

कसैको अनुमति विना कसरी मन्दिरको जग्गाबाट ७ धुर जग्गा किटाकाँट गरिएको हो, त्यो गर्न पाउँदैन, प्रहरी प्रशासनले जबरजस्ती मन्दिरको जग्गा व्यक्तिको नाममा कब्जा गराउँन खोजेको छ, हामीले रोक्दा बारम्बार झडप समेत भएको छ, उनले भने, सांसददेखि नेतालाई समेत गुहार गरेका छौ, समस्या समाधान हुनुपर्छ मन्दिरको सार्वजनिक जग्गा मास्न पाउँदैन, यदी कसैले जबरजस्ती कब्जा गर्न खोजे हामी कब्जा गर्न दिदैनौ ।

सुवर्ण मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गामा विक्रम सम्ब्त १९९५ माघ २२, अर्थात सन् ४ फेब्ररी १९३९ मा करिब ८२ बर्ष पहिला तत्कालिन राजामाहाराजा भिम समशेर जंग बहादुर राणाका सुपुत्र जनरल हिरण्य समशेर जंग बहादुर राणाद्वारा शिव मन्दिर स्थापित गरिएको थियो । अन्य जग्गा खाली नै छ ।

किन कब्जा गरिदैछ मन्दिरको सार्वजनिक जग्गा

वीरगन्ज १३ हाल वडा नम्बर १० आर्दशनगर निवासी वावुदेव मारवाहीले आशा देवी संग खरीद गरेको ७ धुर जग्गा नपाएपछि मन्दिरको नाउँमा कायम रहेको सार्वजनिक जग्गाबाट २०५६ साल असोज २५ गते कित्ताकाट गराई रातारात वासुदेव मारवाडीले आफनो नाममा कायम गराई नसिमा खातुन संग विक्री गरेका थिए ।

मालपोत कार्यालयको रजिष्ट्रेशन बुक अनुसार वीरगन्ज १० आर्दशनगर निवासी भु माफिया मुरलीधर शर्माले साविक वीरगन्ज १० गहवाको रैती नम्बर १२५४ बाट आएको ३ कठ्ठा १५ धुर २ कनवा जग्गा मध्ये १० धुर जग्गा २०४९ सावन २६ गते आफनै भाई रतन कुमार शर्माको नाउँमा रजिष्ट्रेशन पास गरीदिएका थिए ।

रतन कुमार शर्माले आफनो नाममा कायम रहेको १० धुर जग्गा २०५१ साउन १६ गते आर्दशनगरकै सुरेश कुमार अग्रवालकी श्रीमती आशा देवी अग्रवाल संग विक्री गरेको मालपोत कार्यालयको रजिष्ट्रेशन बुकमा उल्लेख गरिएको छ ।

आशादेवीले भने २०५६/०६/५ मा १० धुर मध्येको ७ धुर जग्गा बिक्री गरि वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरि बाँकी ३ धुर जग्गा भने आफनै नाममा राखेको देखिन्छ । अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६/०७/१७ मा आफनो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ । तर स्थलगत जग्गा थिएन ।

जग्गा नभेटिएपनि तत्कालिन वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको मिलोमतोमा खाली रहेको सुवर्ण मन्दिरको सार्वजनिक जग्गामध्ये एकाएक ७ धुर जग्गा किताकाँट गराई व्यक्तिको नाउँमा दर्ता गराउँन सफल भएका थिए ।

मन्दिरको सार्वजनिक जग्गा विक्री गरेको दुई दशक भन्दा लामो समय सम्म कुनै निर्माणको कार्य भएको थिएन । एकाएक नसिमा खातुनले मन्दिरकै जग्गामा घर निर्माणको प्रकृया शुरु गर्न थालेपनि मन्दिरकै कब्जा गर्न लागिएको खुलेको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...

राउन्ड टेबल र रोट्र्याक्ट क्लबको कार्यक्रममा ५८ जनाले दिए रगत

वीरगञ्ज । राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरस्थित आयोजित...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...