Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

कम्युनिस्टहरु आफैं पतनको बाटोमा : नेता रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिस्ट आफैँ समाप्त हुने बाटोमा रहेको बताएका छन् । कम्युनिस्टमा अतिवाद हावी हुँदै गएकाले उनीहरु आफैं समाप्त भएर जाने उनको भनाइ थियो ।

पर्साको ठोरी-२ स्थित पर्यटकीय स्थल रानीवनमा बिहीबार आयोजित वनभोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार मौलाउँदै गएको र भ्रस्टाचारीहरुको संरक्षण सरकारले नै गरेका कारण कम्युनिस्टहरु आफैं पतनको बाटोमा लागेको बताए ।

नेता रिजालले नवप्रवेशीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेपाली कांग्रेस वडा नं २ का सभापति रामकृष्ण पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी , महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, बशिष्ट नारायण कुर्मी, क्षेत्रीय सभापती रमेश पाण्डे,  प्रदेश सभा सभापति श्रीकान्त यादव, जिल्ला सदस्य नविन सिंह, वडा २ का अध्यक्ष किशोर तामाङ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...