Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कम्युनिस्टहरु आफैं पतनको बाटोमा : नेता रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिस्ट आफैँ समाप्त हुने बाटोमा रहेको बताएका छन् । कम्युनिस्टमा अतिवाद हावी हुँदै गएकाले उनीहरु आफैं समाप्त भएर जाने उनको भनाइ थियो ।

पर्साको ठोरी-२ स्थित पर्यटकीय स्थल रानीवनमा बिहीबार आयोजित वनभोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार मौलाउँदै गएको र भ्रस्टाचारीहरुको संरक्षण सरकारले नै गरेका कारण कम्युनिस्टहरु आफैं पतनको बाटोमा लागेको बताए ।

नेता रिजालले नवप्रवेशीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेपाली कांग्रेस वडा नं २ का सभापति रामकृष्ण पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी , महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, बशिष्ट नारायण कुर्मी, क्षेत्रीय सभापती रमेश पाण्डे,  प्रदेश सभा सभापति श्रीकान्त यादव, जिल्ला सदस्य नविन सिंह, वडा २ का अध्यक्ष किशोर तामाङ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...