वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिस्ट आफैँ समाप्त हुने बाटोमा रहेको बताएका छन् । कम्युनिस्टमा अतिवाद हावी हुँदै गएकाले उनीहरु आफैं समाप्त भएर जाने उनको भनाइ थियो ।
पर्साको ठोरी-२ स्थित पर्यटकीय स्थल रानीवनमा बिहीबार आयोजित वनभोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार मौलाउँदै गएको र भ्रस्टाचारीहरुको संरक्षण सरकारले नै गरेका कारण कम्युनिस्टहरु आफैं पतनको बाटोमा लागेको बताए ।
नेता रिजालले नवप्रवेशीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
नेपाली कांग्रेस वडा नं २ का सभापति रामकृष्ण पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी , महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, बशिष्ट नारायण कुर्मी, क्षेत्रीय सभापती रमेश पाण्डे, प्रदेश सभा सभापति श्रीकान्त यादव, जिल्ला सदस्य नविन सिंह, वडा २ का अध्यक्ष किशोर तामाङ लगायतको सहभागिता रहेको थियो ।