Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा पनि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा बृहत प्रदर्शन

spot_img
spot_img

वीरगंज । देशभरी नै राजा ल्याउँ देश बचाउँको नारा गुन्जीरहेको बेला पर्सामा पनि जनता आउँ, राजा ल्याउँ भन्ने नारा लगाउँदै राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा बृहत प्रर्दशन गरिएको छ ।

बिहिबार नेपाल राष्ट्रवाद संघको आह्वानमा पर्सा र बाराका जनताहरु वीरगन्जमा भेला हुदै बृहत प्रर्दशन गरेका हुन । घण्टाघर चोकमा भेला भएका स्थानियले जनता आउँ, राजा ल्याउँ भन्ने मुल नारा लगाउँदै प्रर्दशन गरेका छन् ।

बृहत रुपमा जुलुस निकाल्ने तयारी गरीरहेको बेला शुरुमा प्रहरीले हस्तक्षेप नै गरेकाे थिए । ठूलो साउण्डमा बाजा गाजा नबजाउँने सर्त राख्दै जुलुस निकाल्न दिने सर्तमा जुलुस निकाल्न दिएको थियो ।

हुन् त राजा समर्थनमा कुनैपनि नारा जुलुस निकाल्न पूर्ण रुपमा रोक नै लगाउँने स्थानिय प्रशासनले प्रयास गरेका थिए । तर जुलुसमा सहभागिहरुले काँग्रेस, नेकपा र मधेसवादी दलले जुलुस निकाल्न मिल्ने हामीले नमिल्ने भन्दै आक्रोश देखाउँदै जुलुसमा प्रहरी प्रशासनको हस्तक्षेप गर्न खोजे प्रतिकारमा उर्तिने चेतावनी दिएपछि केहि सर्त राखेर जुलुस निकाल्न दिएको थियो ।

घण्टाघर चोकबाट निकालिएको बृहत विरोध जुलुस नगरपरिक्रममा गरेको थियो । नगरपरिक्रममा गर्ने क्रममा उनीहरुले राजा आउँ देश बचाउँ, राजतन्त्र जिन्दाबाद, हिन्दु राष्ट्र कायम गर, गणतन्त्र मुर्दाबार, लुटतन्त्र बन्द लगायत नारा लगाएका थिए ।

विरोध जुलुस नगर परिक्रममा पश्चात घण्टाघर चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनक साहले विदेशीको ईसारामा ल्याईएको गणतन्त्र नेपालीको हितमा नहरहेको भन्दै पुन २०४७ सालको संविधान लागु गर्नुपर्ने माँग गरे ।

उनले भने, “विदेशीको ईसारामा हिन्दुराष्ट्र र राजसंस्था समाप्त गर्नको लागि नै २०४७ सालको सविधान खारेज गरि होली वाईन खाएर ल्याएको गणतन्त्रवादी संविधान नेपाली जनताको हितमा होईन नेताहरुकै हितमा छ । हामी नेपाली हौं, गणतन्त्रको नाममा नेपाललाई टुत्रिन दिदैनौ, उनले भने, अखण्ड नेपाल र राजा सहितको हिन्दु राष्ट्र स्थापनाको निम्ती आफ्नो प्राणसमेत त्याग्न तयार छौ ।”

मुलुकमा बालात्कारी, भ्रष्ट्रचारी, हत्याहिंसा, भ्रष्टचार जस्ता अपराध गर्ने अपराधीहरु सरकारकै संरक्षणमा छन, यसले मुलुकमा शान्ति स्थापना हुदैन, देश सम्बृद्धि तर्फ पनि जान सक्दैन त्यसैले अहिलेको आवश्यकता राजा र हिन्दुराष्ट्र हुनै पर्छन उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...