Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीमा अपाङ्ता भएका ब्यक्तिहरुको लागि २ दिने स्वास्थ्य शिविर सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा बिहिबारदेखी २ दिने स्वास्थ्य परिक्षण शिविर सुरु भएकाे छ ।

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि महुवन स्वास्थ्य चाैकीमा सुरु भएकाे शिविरकाे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले उद्घाटन गरेका थिए ।

शिविरकाे प्रथम दिन ७२ जना अपाङ्ता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएकाे गाउँपालिका  कार्यालयका समाजिक विकास शाखा प्रमुख विनाेद यादव यादवले वताए । गाउँपालिकाकाे वडा नं. १ देखी ६ सम्मका अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि शिविर संचालन गरिएकाे उनले जानकारी गराए ।

 गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे शिविर उद्घाटन समाराेहमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले गरेका थिए । 

सखुवा प्रसाैनी गाउँ कार्यपालिकाकाे कार्यालयकाे आयाेजनामा संचालित शिविरमा डा. आकाश मिश्रा र डा. राजन पुरीले स्वास्थ्य परिक्षण गरिरहेका छन् । 

साेही अवसरमा शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसमेत गरिएकाे स्वास्थ्य संयाेजक राैनियारले वताए । शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई गमछा ओढाएर सम्मान गर्नुकाे साथै सरसफाइ किटसमेत वितरण गरिएकाे उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...