Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

सखुवा प्रसाैनीमा अपाङ्ता भएका ब्यक्तिहरुको लागि २ दिने स्वास्थ्य शिविर सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा बिहिबारदेखी २ दिने स्वास्थ्य परिक्षण शिविर सुरु भएकाे छ ।

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि महुवन स्वास्थ्य चाैकीमा सुरु भएकाे शिविरकाे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले उद्घाटन गरेका थिए ।

शिविरकाे प्रथम दिन ७२ जना अपाङ्ता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएकाे गाउँपालिका  कार्यालयका समाजिक विकास शाखा प्रमुख विनाेद यादव यादवले वताए । गाउँपालिकाकाे वडा नं. १ देखी ६ सम्मका अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि शिविर संचालन गरिएकाे उनले जानकारी गराए ।

 गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे शिविर उद्घाटन समाराेहमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले गरेका थिए । 

सखुवा प्रसाैनी गाउँ कार्यपालिकाकाे कार्यालयकाे आयाेजनामा संचालित शिविरमा डा. आकाश मिश्रा र डा. राजन पुरीले स्वास्थ्य परिक्षण गरिरहेका छन् । 

साेही अवसरमा शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसमेत गरिएकाे स्वास्थ्य संयाेजक राैनियारले वताए । शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई गमछा ओढाएर सम्मान गर्नुकाे साथै सरसफाइ किटसमेत वितरण गरिएकाे उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...