वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा बिहिबारदेखी २ दिने स्वास्थ्य परिक्षण शिविर सुरु भएकाे छ ।
२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि महुवन स्वास्थ्य चाैकीमा सुरु भएकाे शिविरकाे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले उद्घाटन गरेका थिए ।
शिविरकाे प्रथम दिन ७२ जना अपाङ्ता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएकाे गाउँपालिका कार्यालयका समाजिक विकास शाखा प्रमुख विनाेद यादव यादवले वताए । गाउँपालिकाकाे वडा नं. १ देखी ६ सम्मका अपाङ्गता भएकाे व्यक्तिहरुकाे लागि शिविर संचालन गरिएकाे उनले जानकारी गराए ।
गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे शिविर उद्घाटन समाराेहमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले गरेका थिए ।
सखुवा प्रसाैनी गाउँ कार्यपालिकाकाे कार्यालयकाे आयाेजनामा संचालित शिविरमा डा. आकाश मिश्रा र डा. राजन पुरीले स्वास्थ्य परिक्षण गरिरहेका छन् ।
साेही अवसरमा शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसमेत गरिएकाे स्वास्थ्य संयाेजक राैनियारले वताए । शिविरमा सहभागि अपाङ्गता भएका व्यक्तिहरुलाई गमछा ओढाएर सम्मान गर्नुकाे साथै सरसफाइ किटसमेत वितरण गरिएकाे उनले जानकारी दिए ।