Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कालिकामाईकाे युवक धाेबिनीमा मृत फेला

spot_img
spot_img

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुर पिपरास्थित एक युवकको शव फेला परेको छ ।

कालिकाई गाउँपालिकाकाे वडा नं.–१ तिनडोबिया टोल निवासी २६ वर्षीय एमामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपता रहेका हुसेनकाे बुधबार बिहान ८ बजे भिखपुर पिपरास्थित गुलरिया जाने बाटाेमा शव भेटिएको स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार उनी साेमबार भिखपुर नै जन्ती गएका थिए ।

हुसेनकाे दाहिने आँखा निकालिएको छ, जसले गर्दा उनको हत्या गरिएको हुन सक्ने परिवारजनले बताएका छन् । परिवारजनका अनुसार हुसेनलाई जन्ती जान भनेर घरबाट बोलाएर स्थानिय २ युवकले लगेका थिए ।

साेही दिनदेखि वेपत्ता हुसेनकाे शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी चौकीका नेपाल प्रहरी र भिखमपुरस्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाई भिखमपुरस्थित एम्बुलेन्समा उक्त शवलाई राखेर पोष्टमार्टमको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको थियो ।

एउटा आँखा निकालिएको अवस्थामा शव फेला परेका कारण कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीकाे आशंका छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...