Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

कालिकामाईकाे युवक धाेबिनीमा मृत फेला

spot_img
spot_img

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुर पिपरास्थित एक युवकको शव फेला परेको छ ।

कालिकाई गाउँपालिकाकाे वडा नं.–१ तिनडोबिया टोल निवासी २६ वर्षीय एमामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपता रहेका हुसेनकाे बुधबार बिहान ८ बजे भिखपुर पिपरास्थित गुलरिया जाने बाटाेमा शव भेटिएको स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार उनी साेमबार भिखपुर नै जन्ती गएका थिए ।

हुसेनकाे दाहिने आँखा निकालिएको छ, जसले गर्दा उनको हत्या गरिएको हुन सक्ने परिवारजनले बताएका छन् । परिवारजनका अनुसार हुसेनलाई जन्ती जान भनेर घरबाट बोलाएर स्थानिय २ युवकले लगेका थिए ।

साेही दिनदेखि वेपत्ता हुसेनकाे शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी चौकीका नेपाल प्रहरी र भिखमपुरस्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाई भिखमपुरस्थित एम्बुलेन्समा उक्त शवलाई राखेर पोष्टमार्टमको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको थियो ।

एउटा आँखा निकालिएको अवस्थामा शव फेला परेका कारण कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीकाे आशंका छ ।  

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...