Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीमा प्रमुख प्रशासकिय अधिकृत मेहताकाे भव्य स्वागत

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्राण मेहता हाजिर भएका छन् ।

बाराको फेटा गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेका मेहतालाई संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालले पर्साको जिराभवानी गाउँपालिकामा सरुवा गरेपछि उनी हाजिर भएका हुन् ।

जिराभवानी गाउँ कार्यपालिकाकाे कार्यालय सेढवामा आइतबार हाजिर हुन गएका मेहतालाई भव्य स्वागत गरिएकाे थियाे । 

गाउँपालिका अध्यक्ष रामपृत महताे लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत मेहतालाई गमछा, फुलकाे माला र अबिरकाे टिका लगाएर भव्य स्वागत गरेका थिए ।

साे अवसरमा वाेल्दै अधिकृत मेहताले आफुुले जन चाहना अनुसार जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनलेे भने “मैले जनप्रतिनिधिकाे समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु, त्यसकाे लागि जनप्रतिनिधि र कर्मचारी बिचकाे समन्वय जरुरी छ ।”

जिराभवानीमा विगत एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव चन्द्र ठाकुरले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आईरहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...