Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा प्रमुख प्रशासकिय अधिकृत मेहताकाे भव्य स्वागत

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्राण मेहता हाजिर भएका छन् ।

बाराको फेटा गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेका मेहतालाई संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालले पर्साको जिराभवानी गाउँपालिकामा सरुवा गरेपछि उनी हाजिर भएका हुन् ।

जिराभवानी गाउँ कार्यपालिकाकाे कार्यालय सेढवामा आइतबार हाजिर हुन गएका मेहतालाई भव्य स्वागत गरिएकाे थियाे । 

गाउँपालिका अध्यक्ष रामपृत महताे लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत मेहतालाई गमछा, फुलकाे माला र अबिरकाे टिका लगाएर भव्य स्वागत गरेका थिए ।

साे अवसरमा वाेल्दै अधिकृत मेहताले आफुुले जन चाहना अनुसार जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनलेे भने “मैले जनप्रतिनिधिकाे समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु, त्यसकाे लागि जनप्रतिनिधि र कर्मचारी बिचकाे समन्वय जरुरी छ ।”

जिराभवानीमा विगत एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव चन्द्र ठाकुरले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आईरहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...