Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा धामाका क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा आजदेखी धामाका क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ ।

प्रतियाेगिताकाेे एक कार्यक्रमका बिच नेपाली कांग्रेसकाे कालिकामाई गाउँपालिका संयाेजक राजिन्द्र कुमार कुर्मीले उद्घाटन गरेका छन् । कालिकामाई गाउँपालिका वडा नं. १ काे आयाेजनामा आयाेजित प्रतियाेगिताकाे उद्घाटन गर्दै संयाेजक कुर्मीले खेलकाे संरक्षण जरुरी रहेकाे वताए ।

उनले खेलकाे विकास भए राष्ट्रकाे पहिचान पनि बढने भएकाेले संरक्षण जरुरी रहेकाे धारण राखेका थिए ।

वडाध्यक्ष रामशिष यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, पत्रकार शम्भु कुमार सुमन, स्थानिय अगुवा लालबाबु प्रसाद चाैरसिया, हरिन्द्र चाैरसिया, संजय प्रसाद लगायतकाे सहभागिता रहेकाे थियाे ।

उद्घाटन खेलमा कालिकामाई बिजयी

प्रतियाेगिता अन्तर्गत आइतबार भएकाे उद्घाटन खेलमा कालिकामाई क्रिकेट क्लब मुडली बिजयी भएकाे छ । हिमाल क्रिकेट क्बल धाेबिनी गाउँपालिकालाई २७ रनले हराउदै कालिकामाई बिजयी भएकाे हाे ।

सुरुमा धाेबिनी टच जितेर फिल्डिङ्ग राेजेपछि कालिकामाई बैटिङ्ग गर्दै १९ ओभर ४ बल खेल्दै १७५ रन बनाएकाे थियाे । १७६ रन लक्ष्य पुरा गर्न जवाफि बैटिङ्गमा उत्रेकाे धाेबिनीले १८ ओभर ५ बल खेल्दै पुरै विकेटकाे नाेक्सानीमा १४८ रन मै समेटिए पछि कालिकामाई विजयी घाेषित भएकाे थियाे ।

कालिकामाईका सबैभन्दा बढी निमेश पटेलले ७७ रन बनाएका थिए । आइतबारकाे खेलमा म्यान अफ द म्याच लगातार ३ बलमा ३ विकेट गरी ४ विकेट लिएका बिजयी टिम कालिकामाई कै निपु पटेल घाेषित भएका थिए ।

उनलाई आयाेजककाे तर्फबाट रु २ हजार एक सय नगद र घडीसमेत प्रदान गरिएकाे थियाे ।

प्रतियाेगितामा ८ वटा टिमकाे सहभागिता 

प्रतियाेगितामा नेपाल र भारतकाे ८ वटा टिमकाे सहभागिता रहेकाे छ । साेमबार हुने दाेस्राे दिनकाे खेल नेपालका श्रीसिया र भारत बिहारकाे सिकटा बिच हुने प्रतियाेगिताका संयाेजक राजु शर्माले वताए ।

प्रतियाेगिताकाे बिजेता हुनेले रु १५ हजार र उप विजेताले रु १० हजारसहित टफी पाउने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...