Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

जिराभवानीमा विभिन्न पार्टी परित्याग गरी ७ सय जना नेपाली कांग्रेसमा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने जिराभवानीमा गाउँपालिका वडा नं. ५ शंकर सरैयामा शुक्रबार नेपाली कांग्रेसकाे वृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।

शंकर सरैयाकाे सखुवनीया बजारमा भएकाे पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले सरकारकाे ज्याददती बढदै गएकाे वताएका छन् । अहिलेकाे सरकार काण्डे काण्डकाे सरकार भएकाे वताउदै नेता रिजाले सरकारकाे नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारिकाे संरक्षक भएकाे आराेप लगाए ।

भ्रष्टाचारीलाई संरक्षण गर्दै सरकारले ब्रह्मलूट मचाएको हुदा अगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार हुने नेता रिजालले दावी गरे ।

उनले भने “अहिलेकाे सरकारकाे पालमा काण्डै काण्ड भइरहेकाे छ, जनताले शान्ति सुरक्षा पनि अनुभुति गर्न सकिरहेकाे छैनन् । याे सरकारकाे पालामा हत्या, बलात्कार, हिंसामा वृद्धि हुनुकाे साथै जग्गा काण्ड, जहाज खरिद काण्ड, सुनकाण्ड लगायतकाे काण्डै काण्ड सरकारले गरेकाे छ ।”

उनले थपे ” अहिले महिला, बालिका पनि सुरक्षित छैनन्, दिनदहाडै अपराधि घुमिरहेका छन् । ज्यादतीकाे प्रकाष्टा छ । सरकारले प्रहरी, कर्मचारी, अदालत कब्जा गर्नमा लागि रहेकाे छ । हाम्राे प्रधानमन्त्री रातिकाे समयमा प्रधान न्याधिशसंग भेटनु हुन्छ, जुन अचारसंहितसंग पनि मिल्दैन ।”

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता रिजालले राजनितिक स्वतन्त्रता प्राप्त भए पनि धार्मिक, समाजिक र आर्थिक स्वतन्त्रता प्राप्त भई नसकेकाे वताए ।

राजनितिक स्वतन्त्रताकाे लागि नेपाली कांग्रेसले लडाई लडेकाे वताउदै नेता रिजाले अब आर्थिक स्वतन्त्रताकाे लागि लडाई लड्ने वताए । नेपाली कांग्रेकाे त्याे जिम्मेवारी अहिले वाकी नै रहेकाे उनकाे भनाई थियाे ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले नेपाली कांग्रेसकाे विकल्प नरहेकाे वताए । बर्तमान सरकारले गरिरहेको भ्रष्टाचार तथा अन्याय अत्याचार अन्य गर्न एक बिकल्प नेपाली काँग्रेस पार्टी मात्र रहेको उनकाे भनाई थियाे ।

उनले भने “नेपाली काँग्रेस मात्र एउटा त्यस्तो पार्टी हो, जहा हरेक क्षेत्रमा आदिवासी जनजाती, मदेशी, दलित, मुस्लिमकाे भविष्य निर्माणका लागि राणा शासनदेखि हालसम्म काँग्रेसले लडदै आएको छ । त्यसैले नेपाली कांग्रेसकाे विकल्प छैन ।”

नेपाली कांग्रेस जिराभवानी गाउँपालिका वडा नं. ५ वडा कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रममा वडा अन्तर्गतका हरैया, सखुवनिया, शंकरसरैया तथा कोढौलीका करिब ७ सय जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

राप्रपाका गणेश राउत थारु, मोहन राउत थारु, साेहन राउत, सत्यदेव राउत, रामराज राउत थारु, दुखा भैया, गणेश भैया, अलपत्र भैया, मुक्तिनारायण दास, सुरेश दास, लालदेव दास, माया राउत अहिर, बिरजा राउत थारु, राजेश माझी, प्रमाेद माझी, बिनाेद माझी लगायतले नेपाली काँग्रेस प्रबेश गरेका छन।

नव प्रबेशीहरुलाई नेता रमेश रिजाल र प्रदेश सांसद शंकर चौधरीले अबिरकाे टिका तथा माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रबेश गर्ने गणेश राउत राप्रपाबाट जिराभवानी गाउँपालिकाकाे वडा नं. ५ का वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष दारा सिंहका भाई हुन् । उनकाे नेतृत्वमा मात्र २ सय ३९ जनाले पार्टी प्रबेश गरेका हुन् ।

जिराभवानी गाउपालिका वडा नं ५ नेपाली काँग्रेसका सभापति जगदीश प्रसाद गेडराको सभापतित्व भएकाे कार्यक्रममा प्रदेश सांसद शंकर चाैधरी, महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, बृहस्पती श्रेष्ठ, जिल्ला सचिव किशाेरी साह, क्षेत्रिय सचिव रमेश पाण्डे, जिल्ला सदस्य नविन सिंह, नेता सहरुम राउत गद्दी, ठाकुर प्रसाद चाैधरी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...