Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

बाल संगठन सर्लाही बालगृहको अवलोकन तथा निरिक्षण

spot_img
spot_img

वीरगंज । नेपाल बाल संगठन पर्साले बाल संगठन सर्लाहीले सञ्चालन गरेको बालगृहको अवलोकन तथा निरिक्षण गरेको छ ।

पर्सामा पनि बालगृह सञ्चालन गर्ने तयारी गरीरहेको समयमा सर्लाहीको बालगृहको अवलोकन गर्न बाल संगठन पर्साको टोली सर्लाही पुगेको हो । संगठनका पर्सा जिल्ला सभापति रामकिशोर सिँह परागको नेतृत्वमा संगठनका सदस्य हेमन्त तामांग, सामाजिक अभियानता भेष चौरसिया लगायतको टोली अवलोकन गर्न गएको हो ।

सो अवसरमा बाल संगठन सर्लाहीका सभापति समीम खानले बाल संगठन सर्लाहीले सञ्चालन गरेका गतिविधि र आगामी दिनमा गर्ने योजनाहरुको बारेमा अवगत गराउनुभएको थियो ।

साथै पर्सा जिल्ला संगठन र सर्लाहीको संगठनका पदाधिकारीविच बालसंगठनलाई कसरी चलायमान बनाएर क्रियाशिल बनाउने भन्ने बारे पनि छलफल भएको संगठन पर्साका सदस्य हेमन्त तामांगले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।...

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत...

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ...