27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजबाट अवैध हतियारसहित एक जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध हतियारसहित वीरगंजबाट एक जनालाई पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले मंगलबार सांझ ७ बजे सर्लाहीकाे बलरा नगरपालिका वडा नं.१० सुदामा घर भई हाल बीरगंज महानगरपालिकाकाे वडा नं.११ स्थित दुर्गा टोल बस्ने बर्ष ४९ को जितेन्द्र प्रसाद सिंहलाई पक्राउ गरेकाे हाे ।

उनले आफ्नो घरमा अवैध हात-हतियार लुकाइ छिपाइ राखेको विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरतथा विर्ता पर्साबाट खटि गएको प्रहरी टोलीले निजकाे घर रितपूर्वक खानतलासी गर्दा स्टील दराजको Safe Box भित्र  7.65 mm को गोली राउण्ड ४ म्यागजिनमा लोड गरी राखिएको पेस्ताैल बरामद भएकाेले नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरीका अनुसार निजकाे घरबाट म्यागजिन थान-१,पेस्तौल थान-१ र मानिसलाई बेहोस पार्ने  Anaesthetic Ether I.P. 500 ml को १ बोत्तल बरामद भएकाे हाे ।

पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा राखि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.629 sec. Memory consumption:81.43 mb