Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा विपद् काेषकाे रकममा पनि अनियमितता

spot_img
spot_img

वीरगंज । कालिकामाई गाउँपालिकामा विपद् काेषकाे रकममा पनि अनियमितता भएकाे छ । गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहासहितका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोषको रकममा अनियमितता गरेकाे नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाले आराेप लगाएकाे छ ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना महामारी जस्तो बिषम परिस्थतीमा गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु अनुगमन भत्ता र बैठक भत्ताको नाउमा एक/एक लाखको दरले ७ लाख १९ हजार रकम बुझेकाे विभिन्न संचार माध्यममा प्रकासित समाचार प्रति गम्भिर ध्यानकार्षण भएकाे जनाएकाे छ ।

यसका साथ साथै नक्कली बिल भर्पाई बनाई गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतसहितको केही कर्मचारीहरुले कोरोना रोकथाम कोषबाट २३ लाख ४० हजार रकम निकासा गरि भागबाँडा लगाएकाे नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयाेजक राजिन्द्र कुमार कुर्मीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

जस मध्ये कर्मचारीहरुले ४ लाख ६३ हजार गरी ११ लाख ८१ हजार, गाउँपालिकाको आफ्नो एम्बुलेन्स हुदा पनि एम्बुलेन्स भाडा बापत ७६ हजार, औषधी तथा अन्य सामग्री खरिदमा ७ लाख ५२ हजार लगायतका शिर्षकमा नक्कली बिल बनाई अनियमितता गरेका छन् ।

विज्ञप्तीमा यो उदाहरण पात्र घटना मात्र भएकाे र यस्ता थुप्रै अनियमिताहरु गाउँपालिकामा भएकाे वताइएकाे छ ।

गाउँपालिका अध्यक्ष नै विपद् व्यवस्थापन समितिको अध्यक्षसमेत रहेको कोषकाे रकम हिनामिना हुनु लाजस्पद र निन्दनिय छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि खर्च गर्नु पर्ने रकम गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले विपद् कोषको रकम भागबाँडा लगाएकाेले छानविन गरी आवश्यक कारवाहीको गर्न नेपाली कांग्रेस कालिकामाईले विज्ञप्तीमार्फत माग गरेकाे छ ।

नेपाली कांग्रेसले यसका साथै विपद काेषकाे रकममा पनि अनियमितता भएकाेले नैतिकताको अधारमा गाउँपालिका अध्यक्ष कुशावाहाकाे राजिनामा समेत माग गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...