Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

spot_img
spot_img

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीय बालिकाकाे हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् ।

बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।

आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेकाको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् ।

बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...