Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सिमा बन्दका कारण चार पाङ्ग्रे सवारी साधानकाे भाडा मनपरी

spot_img
spot_img

वीरगंज । सिमा नाका बन्द हुदा नेपाली नम्बरकाे चार पाङ्ग्रे सवारी साधानकाे भाडामा मनपरी देखिएकाे छ ।

काेराेना भाइरस संक्रमणका कारण अहिले भारतिय सिमा नाका बन्द छ । त्यस कारण भारतिय नम्बरकाे सवारी साधनहरु नेपाल आउन सकेका छैनन्  । त्यहीं भएर नेपाली नम्बरकाे टाटा सुमाे, स्काँर्पियाे लगायतकाे चार पाङ्ग्रे सवारी साधनकाे भाडामा सवारी धनीहरुकाे मनमरी देखिएकाे सेवाग्राहीहरुले वताएका छन् ।

उनीहरुका अनुसार सवारी धनीहरुले एउटा टाटा सुमाेकाे भाडा एक दिनकाे रु १० हजार देखी रु १५ हजार सम्म र स्कार्पियाेकाे एक दिनकाे भाडा रु १५ हजार देखी रु १८ हजार सम्म माग्ने गरेका छन् । जुन गाडीहरुकाे भाडा एक दिनकाे रु ३ हजार देखी रु ४ हजार सम्म मात्र हाे ।

अहिले सिमा नाका बन्द भएका कारण र वैवाहिक लगनहरु सुरु भएकाेले नेपाली सवारी साधनहरुकाे मनमपरी देखिएकाे वीरगंज पानीटंकी निवासी राजेश गुप्ताले वताए । उनले भने “सिमा बन्दका कारण भारतिय नम्बरकाे गाडी नेपाल आउन नसकेर नेपाली सावारी साधनहरुकाे मनपरी देखिएकाे छ । सवारी धनीहरुले मनपरी रुपमा भाडा माग्ने गरेकाे देखिन्छ, यसतर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।”

यस कारण सर्वसाधारणलाई ठूलाे रकम ठग्नु परेकाे छ । कतिपयले विवाह (जन्ती) काे लागि भाडा गर्न जादा भाडा दर मंहगाे भएर आवश्यकता भन्दा कम गाडीकाे भाडा गर्ने गरेका छन् । 

यस्तै सिमा बन्दका कारण भारतबाट नेपाल र नेपालबाट भारत जन्ती जान समस्या भएकाे छ । भारत सरकारकाे तर्फबाट सिमा नाका खुल्ला भएका कारण नेपालबाट भारत जन्ती लैजान खासै समस्या नभए पनि नेपाल सरकारकाे तर्फबाट सिमा बन्द भएका कारण भारतबाट नेपाल जन्ती ल्याउन समस्या भएकाे धाेबिनीका नवल पटेलले वताए ।

धोबीनी गाउँपालिका वडा नम्बर २ आसवारी निवासी पटेलकाे छोरीको विवाह भारतको पश्चिमी चम्पारणमा पर्ने नरकटियागंज भईरहेको र सो विवाह यहि मंसिर १६ गते जन्ती आउने भएकोले सिमा बन्दका कारण जन्ती कसरी ल्याउने भने अन्यौल बढेको उनले वताए ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसंग कुरा गर्दा मन्त्रालयबाट निर्णय नआउन्जेल सम्म समस्या नै रहेकाे वताए । तै पनि बिहेवारीका लागि उताको गाडी उतै राख्ने र यताको गाडी यता राखी साटा साट गरी काम चलाउन सकिने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...