27.4 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

सिमा बन्दका कारण चार पाङ्ग्रे सवारी साधानकाे भाडा मनपरी

वीरगंज । सिमा नाका बन्द हुदा नेपाली नम्बरकाे चार पाङ्ग्रे सवारी साधानकाे भाडामा मनपरी देखिएकाे छ ।

काेराेना भाइरस संक्रमणका कारण अहिले भारतिय सिमा नाका बन्द छ । त्यस कारण भारतिय नम्बरकाे सवारी साधनहरु नेपाल आउन सकेका छैनन्  । त्यहीं भएर नेपाली नम्बरकाे टाटा सुमाे, स्काँर्पियाे लगायतकाे चार पाङ्ग्रे सवारी साधनकाे भाडामा सवारी धनीहरुकाे मनमरी देखिएकाे सेवाग्राहीहरुले वताएका छन् ।

उनीहरुका अनुसार सवारी धनीहरुले एउटा टाटा सुमाेकाे भाडा एक दिनकाे रु १० हजार देखी रु १५ हजार सम्म र स्कार्पियाेकाे एक दिनकाे भाडा रु १५ हजार देखी रु १८ हजार सम्म माग्ने गरेका छन् । जुन गाडीहरुकाे भाडा एक दिनकाे रु ३ हजार देखी रु ४ हजार सम्म मात्र हाे ।

अहिले सिमा नाका बन्द भएका कारण र वैवाहिक लगनहरु सुरु भएकाेले नेपाली सवारी साधनहरुकाे मनमपरी देखिएकाे वीरगंज पानीटंकी निवासी राजेश गुप्ताले वताए । उनले भने “सिमा बन्दका कारण भारतिय नम्बरकाे गाडी नेपाल आउन नसकेर नेपाली सावारी साधनहरुकाे मनपरी देखिएकाे छ । सवारी धनीहरुले मनपरी रुपमा भाडा माग्ने गरेकाे देखिन्छ, यसतर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।”

यस कारण सर्वसाधारणलाई ठूलाे रकम ठग्नु परेकाे छ । कतिपयले विवाह (जन्ती) काे लागि भाडा गर्न जादा भाडा दर मंहगाे भएर आवश्यकता भन्दा कम गाडीकाे भाडा गर्ने गरेका छन् । 

यस्तै सिमा बन्दका कारण भारतबाट नेपाल र नेपालबाट भारत जन्ती जान समस्या भएकाे छ । भारत सरकारकाे तर्फबाट सिमा नाका खुल्ला भएका कारण नेपालबाट भारत जन्ती लैजान खासै समस्या नभए पनि नेपाल सरकारकाे तर्फबाट सिमा बन्द भएका कारण भारतबाट नेपाल जन्ती ल्याउन समस्या भएकाे धाेबिनीका नवल पटेलले वताए ।

धोबीनी गाउँपालिका वडा नम्बर २ आसवारी निवासी पटेलकाे छोरीको विवाह भारतको पश्चिमी चम्पारणमा पर्ने नरकटियागंज भईरहेको र सो विवाह यहि मंसिर १६ गते जन्ती आउने भएकोले सिमा बन्दका कारण जन्ती कसरी ल्याउने भने अन्यौल बढेको उनले वताए ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसंग कुरा गर्दा मन्त्रालयबाट निर्णय नआउन्जेल सम्म समस्या नै रहेकाे वताए । तै पनि बिहेवारीका लागि उताको गाडी उतै राख्ने र यताको गाडी यता राखी साटा साट गरी काम चलाउन सकिने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:2.749 sec. Memory consumption:82.5 mb